मन्त्र हस्पिटलले २४ सै घण्टा सल्यक्रिया सेवा प्रदान गर्दै


कञ्चनपुर :  कञ्चनपुरकै पहिलो सुविधा सम्पन्न मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरले २४ सै घन्टा सल्यक्रिया सेवा सुचारु गरेको छ। दक्ष डक्टरहरु बाट सेवा दिदै आएको मन्त्र हस्पिटलले थप जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डाक्टरलाई पुर्णकालिन काम गर्ने गरी नियुक्त गरिएको मन्त्रका निर्देशक डाक्टर गोविन्द रोकायाले बताए ।

अब दुरविन विधि बाट पित्त थैलीको पत्थरी, एपिन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, आन्द्रा बेरिएकोर फुटेको, स्तन तथा शरीरका गाँठा गुठी आदिको २४ सै घन्टा सल्यक्रिया सेवा प्रदान दिन लागेको निर्देशक रोकायाले बताए ।

कञ्चनपुरमा मन्त्र हस्पिटल सञ्चालनमा आएपछि स्वाथ्य सम्बन्धी समस्या लिएर भारत जानु पर्ने बाध्यता हटेको छ । कन्चनपुर जिल्लामै एक मात्रै सुबिधा सम्पन्न मन्त्र हस्पिटलमा दक्ष चिकित्सकबाट स्वास्थ्य उपचार सेवा सुचारु हुनु जिल्लाबासीका लागी राम्रो भएको भीमदत्त नगरपालिका –२ का रमेश भट्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img