डिल्लीराज पन्त /कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाइने गौरा पर्व सोमवार देखी नै आरम्भ भएको छ । परापूर्वकाल देखी हरेक वर्ष भाद्र पञ्चमी देखी परम्परागत रुपमा मनाइने गौरा पर्व पञ्च (बिरुडा) भिजाएर पर्वको थालनी गरीने भएपनि आज (अष्टमी)का दिन भने यस पर्वको मुख्य दिन मान्ने चलन रहेको छ । आजका दिन गौराष्ठमी अर्थात अठेवाली पर्वका रुपमा मनाइदै आएको पाइन्छ । सुदूरपश्चिमेली हरुको महान चाड गौरा पर्वको आज प्रमुख दिन गौराष्टमी अर्थात अठेवाली पर्व मनाइदै छ । गौरा देवीलाई मठ मन्दिर तथा घर भित्र वाट बाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरको पुजा अर्चना गर्दे धुमधाम सँग पर्व मनाइदै छ । आज बिहानै व्रतालु महिलाहरुले न्वाई ध्वाई गरी गौरा खला मा गई गौरा देवी लाई बाहिर ल्याएर उमा– महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देवीमा आफूले चढाएका दुव धागो लाई निकालेर गलामा लगाउने गर्दछन् ।

अमर–अटलको प्रतीक दुवोको समेत पुजा गरिने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ । सप्तमिका दिन शुद्ध कासले बनाएर घरमा भित्र्याएको गौरा देविको मूर्ति र काठको महेश्वरको मूर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन् । यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन् जसलाई (फाग) भन्ने गरिन्छ । दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्न लाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केही भागले घर परिवार का सदस्यलाई पुज्ने र वाकि रहेको वि?डा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन । आजै देखि विभिन्न मठ, मन्दिर,चौक– चौतारा लगायत सार्वजनिक स्थलहरुमा लोक भाकामा महिला तथा पुररुषहरु देवि देवताका गाथा सहितका गित गाउदै देउडा खेल्ने र डेउडाकै माध्यम वाट देशको राजनितिक परिवेश र विसंगती विरुद्ध व्यङ्ग गरी मनोरञ्जन गरिने नागरिक अगुवा हर्केश विष्ट बताउँछन । यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ,गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई भिजाएर हुने भएपनि समापनको भने निश्चित तिथि भएको पाइदैन ।

सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने भने गौरा पर्वको अवसर पारेर जिल्ला अनुसार फरक फरक भाका र शैलीमा खेलिने डेउडा खेलमा महिला तथा पुरुषले आ आफ्नो समूह बनाएर डेउडा गित गाउदै खेल खेल्ने गर्दछन् । गौरा विर्सजन नभए सम्म गौरा घर, मठ – मन्दिर, चौतारा लगायत सार्वजनिक ठाउमा पुरुष र महिला छुट्टा छुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धमारी ढुस्को खेलेर मनोरञ्जन गर्ने गरेको पाइन्छ । । यस पर्वमा शिव –पार्वतीको पुजा गर्ने गर्दछन । पार्वतीले शिव पती पाएझै अविवाहित महिलाले शिव जस्तै पति पाउभनी ब्रत वस्दछन भने विवाहित महिहलाहरुले पतिको दीर्घायुको कामना गर्ने गर्दछन् । गौरा विसर्जन नगरीए सम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्रटै रुपमा गोलबद्ध भई स्थानीय लोक भाकामा डेउडा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गरेका संस्कृति रक्षक देवी भारती बताउँछन । पछिल्लो समय गौरा पर्व सुदूरपश्चिममा मात्र नभई संघीय राजधानी काठमाडौंमा समेत धुमधाम सँग मनाइदै आएको छ । त्यसैले पनि यस्ताखाले मौलिक तथा परम्परागत धार्मिक महत्व बोकेका पर्वहरुलाई संरक्षण र सम्वर्द्धन गर्नका लागी भावि पुस्ताहरुले समेत लाग्नुपर्ने जारी छ । यस बर्ष ज्योतिष पण्डितबीच विवादले सुप प्रदेशमा भदौ ७ र २१ दुई मितिमा गौरा मनाइन लागेको छ ।







