कञ्चनपुर:राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा बृक्षारोपण गरिरहेको छ । रास्वपा बेलडाँडी गाँउ समितिले पालिका विभिन्न सार्वजनिक स्थलमा बृक्षारोपण गरिरहेको हो । बर्षायाम भएकाले लगाएका विभिन्न प्रजातिका बिरुवा हुर्किने भएकाले यही समयमा रास्वपाले बृक्षारोपण गरिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीका सभापति तेजसिह धामीले बेलडाँडी हराभरा बनाउने उदेश्यका साथ सार्वजनिक स्थल विद्यालय, मन्दिर, खाली जमिन खोला लगायतका क्षेत्रमा बृक्षारोपण गरिएको बताए । रास्वपा बेलडाँडीका सभापति धामीका अनुसार बेलडाँडीको सिहपाल, शैलेश्वर आधारभूत विद्यालय सहित मन्दिर क्षेत्रमा बृक्षारोपण गरिएको बताए । उनका अनुसार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन ।
बृक्षारोपण अभियान निरन्तर संचालन गरिने छ । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका नेता जनक सिह धामीले पार्टीले सृजनात्मक कामकाज गरिरहेको बताए । रास्वपाले सरकारको एकोहोरो बिरोधका लागि बिरोध भन्दा पनि समाजिक सृजनात्मक कामकाज गरेपछि नगरिक समेतको साथ सर्मथन पाईरहेको छ ।






