कञ्चनपुर: कंचनपुर पतंजलिले आयोजना गरेको ३६ दिने योग प्रशिक्षक प्रशिक्षण शिवर आज(बुधबार) समापन भएको छ । श्रावण १ गते देखि उप–शिक्षक, सह–शिक्षक र पुराना योग शिक्षकका लागि पुर्नताजगी प्रशिक्षण आयोजना गरेको थियो । उक्त समापन कार्यक्रममा माननिय मधुभारती र पतञ्जलि आयुर्वेद लिमिटेडका प्रमुख माधव जोशीलाई सम्मान गरेको छ ।

पतंजलि योग समिति कंचनपुरद्वारा आयोजित ३६ दिवसीय योग प्रशिक्षक प्रशिक्षण शिविर समापन सत्रका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय मधु भारती रहनु भएको थियो भने विशिष्ट अतिथि पतंजलि आयुर्वेद लिमिटेडका कंचनपुर प्रमुख माधव जोशीले रहनु भएको थियो । ‘अहिले हरेक वस्तुमा मिसावट र प्रर्दुषणले गर्दा मानिसहरुको रोग संग लड्ने क्षमता कमजोर भएको अवस्थामा योग अति नै राम्रो हो, सबैले योग गर्नुपर्छ, सरकार बाट हुनसक्ने सबै सहयोग गराउन आफू तयार रहेको’ माननीय भारतीले बताउनु भयो । त्यसैगरी विशिष्ट अतिथि जोशीले आफु पतंजलि संग मिलेर नै हामी काम गरिरहेको, पतंजलि कै शुद्व उत्पादन विक्रि गरेर सेवा गरिरहेको, योगको क्षेत्रमा सबै सहयोग गर्ने तयार रहेको बताए । उनले जनज्योति कलेजको हल खाली रहेकोले र योगका लागि उपयुक्त रहेकोले यदि पतञ्जलि योग समितिले त्यहाँ योग सिकाउन र योग गर्ने चाहेमा आफुले हल उपलब्ध गराउने बताउनु भयो ।

आजै समापन सत्रमा ३६ दिन सम्म योग प्रशिक्षक प्रशिक्षणमा सहभागीहरुले गरेको कार्यको मुल्याकंन गर्दै नतिजा प्रकाशन पनि गरियो, जसमा सबै उत्तीण रहेका थिए । ३६ दिन सम्म योग प्रशिक्षणमा सहभागीहरु सबैले आआफ्नो अनुभव सुनाये । साथै सबैले घरघरमा योग संचालन गर्ने पनि बताउ । सहभागी मध्ये उत्कृष्टलाई ३ दिवसिय आवासिय शिविरमा सहभागी गराईने पतञ्जलिका अध्यक्ष दयाकृष्ण जोशीले बताए ।

पतंजलिको ३६ दिवसीय योग शिक्षक प्रशिक्षण शिविरमा केन्द्रीय सदस्य लवराज भट्ट , प्रदेश सदस्य नारायण पन्त , जिल्ला अध्यक्ष दयाकृष्ण जोशी , महिला अध्यक्ष कमला पाण्डे, उपाध्यक्ष ई.धनसिह बडाल, महिला उपाध्यक्ष भावना केसी, महामन्त्री हरि रावल, मिडिया प्रभारी प्रेमसिह भाट, महिला महामन्त्री लक्ष्मी अवस्थी, बर्ष गुरु गणेश ब चन्द, स्वाध्याय प्रभारी आचार्य सुदर्शन जोशी, नि. बर्ष गुरु वरिष्ठ अधिवक्ता पूर्ण ब चन्द, मन्त्री ईश्वरी अवस्थी, भीमदत्त नगर अध्यक्ष पवन पनेरू, उपाध्यक्ष श्याम राज बिष्ट , महामन्त्री समसेर चन्द,वेदकोट नगर अध्यक्ष भगिरथ भट्ट, शुक्लाफाटा अध्यक्ष केशव अवस्थी, दोधाराचादनी अध्यक्ष हरि रसाइली, बजार योग केन्द्र प्रमुख पदम ठकुराठी, बरपिपल योग केन्द्र प्रमुख गणेश शर्मा, वडा ४ अध्यक्ष केशवराज पन्त, ईन्जिनियर गणेशदेव भट्ट, जल प्रभारी राधेश्याम भट्ट, भोजन प्रभारी शिवराज जोशी, किसान प्रभारी सुरेन्द्र ब चन्द, सेना प्रभारी पदम धामी, कर्ण ब चन्द, महाविर चन्द, जयराज पनेरू, हरि चन्द, राजकुमार थापा, महिला तर्फ कालिका उप्रेती, मानवती जोशी, गोविन्दी बम, देवकि भट्ट, विनिता चन्द, भुवनेश्वरी नाथ, सावित्री सिह, जानकि ठगुन्ना , मन्जु पन्त, धना पन्त, सोनु देवल, चन्द्रा देवी ऐर लगायतको सहभागीता थियो ।






