बेलौरी : बेलौरी नगरपालिका स्थित शारदा माध्यमिक विद्यालयका सहायक प्रअलाई साहित्यीक मुखपत्र पत्रिका हस्तान्तरण गरिएको छ । मंगलबार बेलौरी नगरकार्यपालिका कार्यालय शिक्षा शाखामा कार्यरत सहायक पाचौ अमित प्रसाद भट्टले साहित्यीक मुखपत्र पत्रिका बेलौरी न पा स्थित शारदा माध्यमिक विद्यालयका सहायक प्र.अ. अमर सिह विष्टलाइ प्रदान गरेका हुन् ।

साहित्यीक विमर्श अन्तर्गत अनौपचारिक रुपमा पुस्तक वितरण गरिएको हो । पठन सस्कृती विकास र ज्ञान आर्जनका लागि पुस्तक वितरण गरिएको हो । यस पुस्तकमा थुप्रै ज्ञानमुलक विषय रहेका सहायक प्रअ विष्टले बताए । शिक्षकले ओपचारिक पठनपाठन सगै श्रृजनात्मक साहित्यीक कुरामा पनि सक्रिय हुने हो भने यसले ज्ञानको दायरा अझै विस्तार गर्ने अमित प्रसाद भट्टले बताए ।







