जग्गाधनि पुर्जा माग गर्दै अध्यक्ष जाेशी


कञ्चनपुर : वेदकाेट नगरपालिका वडा ८ का अध्यक्ष सर्वदलिय टिम सहित भुमि आयाेग पुगेका छन । बुधबार वडा अध्यक्ष महेश राज जाेशी वडाका क्रियासिल सर्वदलिय टिम लिएर जग्गाधनि पुर्जाकाे माग गर्दै आयाेगकाे कार्यालय पुगेका हुन । जग्गाधनी दर्ता प्रमाण पुर्जा बाट वन्चीत भएकाहरु लाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराउन प्रतिनिधी र वार्डमा रहेका क्रियाशिल राजनैतिक दल सहित आयाेगमा आएकाे अध्यक्ष जाेशीले बताएका छन ।

भूमी आयोगको पछिल्लो जानकारी अनुसार वडा ८मा रहेका विभिन्न ठाउँमा बसोवास गर्दै आएका विगत लामो समय देखी चलन भोग गर्दै आएको तर फिल्डबुक काल्पनीक तथा त्यती बेलाको नापी टोलीले हुँदै नभएका मान्छेका नाममा फिल्डबुक गएकै कारण भूमीको हक खोस्न नहुने वडा समिति र राजनितिक दलहरुकाे बुझाइ रहेकाे बताउदै अध्यक्ष जाेशीले भने फिल्डबुक कस्को नामको हो चलनभोग गर्दै आएको व्यक्तिले उक्त व्यक्तिलाई चिनेको तथा खोजेर भेटिने सम्भावना नरहेको काल्पनीक जस्तो रहेको फिल्ड बुक भएका लाई खारेज गर्दै चलन भोगका आधारमा  जग्गाधनी दर्ता प्रमाण पुर्जा उलपब्ध गराई दिन राष्ट्रिय भूमी आयोग कञ्चनपुर लाई अनुरोध गर्न पत्र सहित टिम आएकाे बताए ।

तत्कालीन फिल्डमा नक्सा काट्ने बेला खोला देखाएको तर त्यसको उत्थान विन्दु कता हो र समापन अर्थात मिलन बिन्दु कता हो थाहा नभएका सिधा भाषामा भन्नु पर्दा कुनै निश्चित कित्तामा मात्र सिमीत भएका खोलाहरु जुन धेरै समय देखी चलन भोग गर्दै आएका वर्तमान अवस्थामा खोलाको कुनै रुप समेत नभएका तर जग्गा चलनभोगमा आएका जग्गाधनी लाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरी जग्गाधनी बनाउने मा आशावादि रहेकाे पत्रमा उल्लेख गरिएकाे छ । २०६७ सालमा सेतो पुर्जा प्राप्त गरेका तथा अहिले नयाँ नापी भई पुर्जा प्राप्त गर्न प्रकृयामा गएका सम्पुर्ण लाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरी भूमी सम्बन्धीको हक उपलब्ध गराई दिन पत्रमा उल्लेख गरिएकाे छ ।

वडाकाे टिम सहित काे पत्र वडा अध्यक्ष जाेशी बाट बुझ्दै भुमि आयाेग कंचनपुरका अध्यक्ष देबेन्द्र ढुङ्गानाले सार्वजनिक प्रयाेजनका जग्गा, बाटाे घाटाे, कुलाे, खाेला, मठ मन्दिर आदिकाे संरक्षण गर्दै चलनभाेग गरिआएका वासिन्दाहरुलाई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन सक्दाे प्रयास गर्ने बताएका वचन दिएका छन । वडा अध्यक्ष महेश राज जोशी, निवर्तमान वडा अध्यक्ष दुर्गा सिंह भण्डारी, वडा सदस्यहरु बसन्ती चुनारा,जानकी नाथ ,खुशरामी चौधरी, नेपाली काग्रेस वडा सभापति दल बहादर विष्ट, नेकपा(एमाले) वार्ड अध्यक्ष केशव राज भट्ट, माओवादि केन्द्र वडा अध्यक्ष शेर सिंह बिष्ट, राप्रपाका शेर सिह अधिकारी, एकीकृत समाजवादिका पदम सिंह साउद, क्रान्तिकारी कम्युनिष्ट पार्टिका मान सिह टेर, समाजवादिका युवा नेता  पुष्कर भट्ट, सरोज विष्ट,जनक ब मल्ल, एमालेका शंकर खडायत लगायत नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।


Loading Viewer...

ताजा समाचार

spot_img