कञ्चनपुर : कृष्णपुर नगरपालिका – २ मा हत्या गरेका आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ वाणीको बन्द नगरमा साउन १८ गते लाश गाडिएको अवस्थामा भेटिएको थियो । उक्त वेवारिशे लाशको प्रहरीले अनुसन्धान गर्दा कृष्णपुर नगरपालीका वडा नं. २ बाणी नवदुर्गा टोल बस्ने प्यारु दमाईको छोरा वर्ष ३५ को कुवेर दमाई (हले)को रहेको छ ।

उनको हत्या संलग्न दुई जनालाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । मृतकको सहोदर भतिज बर्ष २२ को अजय दमाई र सहोदर भान्जा बर्ष २८ को हरिश दमाईले हत्या गरेको खुल्न आएको छ । साउन १८ गते स्थानीयहरुले नदीको बगरमा मानिसको लाश गाडिएको भनी ईलाका प्रहरी कार्यालय झलारीलाइ खबर गरे पछि उक्त स्थानमा खोज तलासी गर्दा सडेको अवस्थामा पुरुषको वेवारिसे लास भेटिएको थियो । कुवेर दमाईको दिदि सत्या दमाईले घटनास्थमा आफ्नै भाई कुवेर दमाईको शव रहेको प्रहरीलाई बताईन ।

मृतककी आमा प्रेमजला दमाईले ‘छोरो साउन १५ गते देखि हराएको र समय समयमा कहि कतै नभनि दुई चार दिन घर नआउने हुनाले आफुहरुले कहि कतैं खोजतलाशी नगरेको बताईन् । मृतक कुवेर दमाईले घरमा आमा बुवालाई दुःख दिने सामानहरु बेचविखन गरी जाड रक्सी खाने गरेकोले आफुहरुले कुबेरलाई सम्झाउने क्रममा हत्या भएको अजय दमाई र हरिश दमाईले प्रहरी समक्ष बयान दिएका छन् ।

साउन १५ गते बन्दा नदीको बगरमा गई तिनै जना बसी रक्सी सेवन पश्चात झगडा हुदाँ कुवेर दमाईको भतिज अजय दमाई र भान्जा हरिश दमाईले कुटदा कुवेर दमाईको मृत्य भयो थियो । कसैले थाहा नपाउन भनी लासलाई बन्दा नदिको किनारमा गाडी दुवै जना घर गएका थिए । मृतको शव महाकाली अञ्चल अस्पतालमा पोष्टमाटको लागि राखिएको छ भने घटनामा संलग्न रहेका अजय दमाई र हरिश दमाईलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।






