महिलाहरुको आर्थीक अवस्था सुधारको लागी दोधारा चाँदनीमा अचार बनाउने तालिम शुरु

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आर्थिक अवस्था न्यून भएका महिला दिदी वहीनीहरुका लागी पाँच दिने अचार वनाउने तालिम आयोजना गरिएको छ । महिलाहरुको आर्थीक अवस्था सुधारका लागी उक्त तालीमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको निती तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाका बसोबास गर्ने महिलाहरुका लागी ५ दिने अचार बनाउने तालिम संचालन गरिएको हो । गृहणि महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई विधिवत रुपमा उद्घघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै वसी आयआर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको बताएका छन् ।

उनले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउंदै उत्पादन भएको अचारको बजारीकरणका लागि दोधारा चाँदनी नगरपालिका कायाएलयले पूर्ण सहयोग गर्ने बताए । महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने आवश्यकता रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउंदै आर्थिक सवलीकरणका लागि सीप हासिल गरि प्राप्त सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् । दोधारा चाँदनी नगरपािलका क्षेत्रमा धेरै जसो गरिव, अशाहाय, एकल महिला तथा अश्कत महिला दिदी वहीनीहरुको वहोवास भएको कारण उनीहरुको आर्थीक अवस्था सुधारका लागी सिपमुलक तालमिको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर उप्रमुख गंगा देबी जोशीले बताए । नगरपालिका भित्र रहेका बढी भन्दा बढी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार वनाउने दोधारा चाँदनी नगरपालिका कार्यालयको उद्धेश्य रहेको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

अचार बनाउन सिके पछी राजगारीको श्रृजना हुने र माहिलाहरुको आर्थिक अवस्थामा सुधार हुने समेत उपप्रमुख जोशीले बताए । स्थानीय रुपमा उपलब्ध हुने स्रोतलाई सहज तरिकाले प्रशोधन गरि उत्पादन गर्न सकिने भएकोले तालिमले आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउंदै नगरउपप्रमुख जोशीले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तालिममा दोधारा चाँदनीका सबै वडाका एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देबी जोशी लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds