बेलडाँडी गाउँपालिकाले “क” वर्गका अपाङ्गता भएका व्यक्ति लाई सरसफाइ सामाग्री वितरण

कञ्चनपुर:  जिल्लाको एउटा पालिकाले क वर्गका अपाङ्गता भएका व्यक्ति हरुलाई सरसफाइ सामग्री (कीट बकस) वितरण गरिएको छ।बिहिवार बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाको अध्यक्षतामा १ देखि ५ वडामा रहेका क वर्गका अपाङ्गता भएका व्यक्तिहरु लाई सरसफाइ सामग्री (कीट बक्स ) वितरण गरिएको हो।बेलडाँडी गाउँपालिका अध्यक्षले सरसफाइ सामग्री वितरण गर्दै अपाङ्गता भएका त्यसमा पनि “क” वर्ग लाई मध्यनजर गरि पालिकाले सहयोग गरेको बताउनु भयो।

यसै गरि उपाध्यक्ष शान्ती नाथले पनि गाउँपालिकाको उपाध्यक्ष कोषबाट सामग्री वितरण गरिएको बताउनु भयो। साथै आगामी आर्थिक वर्षमा पनि विशेष रुपमा कार्यक्रम तथा बजेट विनियोजन गरिने समेत प्रतिबद्धता गर्नु भयो।

सामग्री वितरण कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु र उनका अभिभावकको उपस्थिति रहेको भने कमला रेग्मी जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

ताजा समाचार