नगर विकास घोटाला काण्ड बिरुद्ध क्रान्तिकारी पार्टी कञ्चनपुरका नेता आमरण अनसनमा

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटाला काण्ड बिरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका तीन नेता आमरण अशनसमा बसेका छन । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका तीन नेता आमरण अनसनमा बसेका हुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरी, जय बहादुर रोकाया र निरज विक आमरण अनसनमा बसेका हुन । उनीहरुले आइतबार भीमदत्त नगरपालिका ४ मदनचोकमा अनसन बसेर आन्दोलन शुरु गरेका छन । नगरको गुरु योजना बिरुद्धमा भ्रष्टाचार गरेको गिरोहलाई बचाउन खोजेको भन्दै तीनै जना नेताले भोक हडताल सहित आमरण अनसनमा बसेको बताएका छन । यस अघि कम्युनिष्ट पार्टी कञ्चनपुरले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर नगर विकास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले वेवास्था गरिरहेको भन्दै क्रान्तिकारीले राज्यको सम्पत्ती जोगाउनका लागि क्रान्तिकारी पार्टीले दवावमुलक आन्दोलन गर्ने घोषणा गरेको थियो ।
महेन्द्रनगर नगर विकास जमिन घोटाला गर्ने गिरोहमाथि कार्बाहीको माग अघि सारेर आमरण अनसन सहित अख्तियारले नगर विकास जमिन घोटाला प्रकरणमा दोषी ठहर गरेका व्यक्तिलाई कार्बाही गर्नुपर्ने, कानुन विपरित वितरण भएका जमिन फिर्ता हुनुपर्ने, नगर विकास समिति गठन पुर्व लामो समयदेखि बस्दै आएका खोकाछाप्रा कतै जमिन भएकाको हकमा छानबिन गरेर उनीहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोडदिएका छन । क्रान्तिकारी कम्प्युनिष्ट युवा नेता दिपेन्द्र ऐरले माग पुरा नहुँदासम्म आमरण अनसन जारी राख्ने बताए । नगर विकासमा भएको बेतिथि घोटाला काण्ड बिरद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले सृजनात्मक आन्दोलन शुरु गरेको भन्दै नागरिक स्तरबाट समेत सर्मथन पाईएको छ ।
नागरिकले समेत राजनीतिक दलले कुनै विषयमा भएको चरम भ्रष्टाचार बिरुद्धमा बन्द हडताल, जुलुस जस्ता संघर्षका कार्यक्रमले अन्य सार्वसाधारणमा समेत असर पर्ने भएकाले सृजनानात्मक आन्दोलन गरिएको भन्दै सर्मजन जनाएका हुन नगर विकास समितिको नाममा रहेको ६सय ३८विगाह ६कट्टा ८ धुर जमिन गैर कानुनी रुपमा गुरु योजना मिचेर सरकारी, सार्वजनिक एव निजी व्यक्तिलाई वितरण गरेपछि त्यसको बिरोधमा पटक पटक राजनीतिक दल, युवा विद्यार्थी एव स्थानीयबाट आन्दोलन भएको थियो । गत २ कार्तिक ०७९मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास जमिन घोटाला प्रकरणमा तत्तकालिन अध्यक्षत्रय पल्टु राना, पुष्कल चौधरी, गोपाल रसायली सहितका सदस्य सचिव कर्मचारी बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds