एमाले–काँग्रेस निकट युवाले भने, ‘साहुको काम गरेर गुजारा चलाउने क्यारिङ्गकर्तालाई होईन ठुला तस्करलाई तह लगाउनुहोस’

कञ्चनपुर : नेकपा एमाले र नेपाली काँग्रेस निकट कञ्चनपुरका युवा–विद्यार्थीले गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा डेलिगेशन दिएका छन । शुक्रबार एमाले र नेपाली काँग्रेस निकट कञ्चनपुरका युवा–विद्यार्थीले गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा डेलिगेशन दिएका हुन । गत २ जेठमा क्यारिङ्गकर्ता र प्रहरीविच सुकासालमा भएको घटनापछि कञ्चनपुरमा भन्सार सहित सशस्त्र प्रहरी र प्रहरीले ठुला तस्करलाई तह नलगाएको उनीहरुको आरोप छ । उनीहरुले साहु समान बोकेर गुजारा चलाउने क्यारिङ्गकर्तालाई होईन ठुला तस्कर समुहलाई तह लगाउन भन्सार प्रमुख धुव्र विश्वकर्माको ध्यानाकर्षण गराएका छन ।

नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले भन्सारले ठुलाई ऐन सानालार्ई चैन दिएको आरोप लगाउँदै गुजारा चलाएर खाने क्यारिङ्गकर्ता भन्दा ठुला तस्कर समुहलाई तह लगाउनुपर्ने बताए । ठुला तस्कर समुहले भन्सार मात्रै होईन जिल्लाभरीका जुनसुकै स्थानबाट समेत समान भित्र्राउन लागेको बताउँदै रोक्नुपर्ने बताए । ‘अनुहार हेरेर भन्सार कटाउने, पक्राउ गर्ने होईन, ‘उनले भने, ‘सबैलाई समान व्यवहार गर्नुपर्छ ।’राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटीले मुलुक आर्थिकमन्दीमा गुज्रीरहेको अवस्थामा भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी गम्भिर हुनुपर्ने बताए । ‘जिल्लाभरीको खुला सीमाबाट दैनिक लाखौँ करोडौँको राजस्व छली भईरहेको छ, ‘उनले भने, ‘त्यसलाई रोक्न भन्सार सहितका संयन्त्र सकृय हुनुपर्छ ।’

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले समग्र भन्सार राजस्व चुहावट रोक्नका लागि सरोकारवाला पक्ष गम्भिर हुनुपर्नेमा जोडदिए । अनेरास्ववियु कञ्चनपुरका नेता धर्मराज जोशीले तस्कर समुहले राजस्व छली रहेका बेलामा समेत भन्सार सहितका सशस्त्र प्रहरी र प्रहरीले स्वच्छ नियतका साथ अघि बढ्नुपर्नेमा जोडदिए । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले भन्सारले राजस्व संकलनमा आफनो तर्फबाट आवश्यक सबै कामकाज अघि बढाएको बताउँदै उनले सबै पक्षबाट सहयोगहुनुपर्ने बताए । भन्सार राजस्व चुहावट रोक्नका लागि आवश्यक सबैपक्षबाट सहयोग हुनुपर्नेमा जोडदिईएको छ ।

ताजा समाचार