नेकपा (एकिकृत समाजवादी) कञ्चनपुरद्वारा नेपाल सरकारलाई ज्ञापन पत्र

कञ्चनपुर : नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डका विरुद्धमा आज नेकपा (एकीकृत समाजवादी) निकटका मोर्चा संगठनहरुद्वारा जिल्ला प्रशासन कार्यालय कन्चनपुर मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरबार काठमाडौं, नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथी सरकारले चालेको कदमको प्रसंसा गर्दै । अहिले त्यस काण्डमा संलग्न भ्रष्ट तथा राष्ट्र द्रोहीहरुलाको एक पछि अर्को रहस्य सतहमा आउन लागेको र उच्च तहका राजनितिक र प्रशासनीक अधिकारीहरु समेत यसको घेरामा आई रहेकोले घटनाको सत्य तथ्य छनविन गरी दोसीलाई हदै सम्मको कारवाहीको माँग गर्दै नेकपा (एकिकृत समाजवादी) कञ्चनपुरमा रहेका कृयाशिल जनसंगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

सरकारले चालेको नक्कली भुटानी शरणार्थी काण्डमा आफुहरुको पूर्ण समर्थन र सहयोग रहेकोले खुट्टा नकमाउनु सम्माननिय प्रधानमन्त्री लाई ज्ञापन पत्रमा भनिएको छ । नेकपा एकीकृत समाजवादी निकट संघ संगठनहरु अखिल नेपाल किसान महासंघ (समाजवादी), अखिल नेपाल महिला संघ(समाजवादी), युवा संघ, नेपाल खेलकुद महासंघ (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी), भुपु सैनिक संघ (समाजवादी), एकिकृत टे«ड युनियन महासंघ, नेपाल दलित मुक्ति महासंघ, पेशागत महासंघ नेपाल, सेवा निवृत राष्ट्रसेवक संघ नेपाल, राष्ट्रिय जनसास्कृतिक महासंघ नेपाल लगायतले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

ताजा समाचार

This will close in 10 seconds