२०८०।१।१७ मा शान्तिकुञ्ज हरिद्वार जाने कार्यक्रमका निम्ति हल्दुखालबाट ८ जनाको टोली २ वटा अटो रिक्सामा शिव मन्दिर छेउ पुगि सकेको थियो । शिव मन्दिर पछाडीको राधाकृष्ण मन्दिर छेउको पीपलबोटनेर यात्रा टोलीका सदस्यहरु क्रमशः आइ रहेका थिए । सुरुमा समग्र तिर्थ यात्राको संयोजन गरिराख्नु हुने देवदत्त ओझासित शिष्टचार हुदा छेउमै रहेका हरी सिंह रावल (शेरु साकार)संग समेत भलाकुसारी भयो । शिव मन्दिरमै सोही दिन १७ गते हाम्रा काका नाता पर्ने तर्कराज कलौनीका छोरी भावनाको समेत बिहे भएकाले केही समय उहांहरुसंग व्यतित भयो । सडक छेउको शिवमन्दिर समेतको दर्शन पश्चात रामलिलाका प्रकाण्ड विद्वान भीमराज पन्तसंग समेत भेट भयो । ठुल्बुवा महादेव भट्ट तथा १ जना साधुसमेतसंग भेट गरी हामी यु के ०६ पि ए ०७९४ नम्बरको टुरिस्ट बसमा बसी शिव मन्दिर छेउबाट हरिद्वारका लागी अगाडी बढ्यौं । महन्त गोविन्द नाथ योगीले सबैलाई मिनिरल वाटर बोटल दिनु भयो,यात्राका दौरानको जलतृष्णा निवारणार्थ । करीब ६८ जना तिर्थालु हामी महाकाली पुलपारी बाट २ बसमा बाडिने गरी ठेलमठेल गरी बसमा हान्निरहेका थियौं ।
भारतीय एस एस बी चेक पोष्ट पुग्दा सबैले आफ्नो परिचय पत्र देखाई आफ्नो लगेज सहित चेकजांच पछि पैदल अगाडी बढ्यौं,पुल पारी सम्म । केही बेर पुलपारी रोकीयौं र फोटोहरु खिच्यौं,अविष्मरणीय यात्राको दीर्घस्मृतीका लागि । आवश्यक प्रक्रिया मिलाएर बस आइ पुग्न अलिक समय लागेको बेला हामी यात्रा टोलीका केही सदस्यहरुसित सतही परिचय गर्यौ । बस हामी भएको स्थानमा आइ सके पछि ,हामी सिटमा आफुलाई सुरक्षित गरी अगाडी बढयौं र चक्करपुर शिवरात्री मेला लाग्ने ठाउंनेर यु के ०६ पि ए १५०८ नम्बरको अर्को बस आएको थियो । त्यहा राकिएर हामी तिर्थालु २ बसमा बाडियौं । जुस सर्वत खाइ,रिफ्रेसमेन्ट पश्चात हामी २ बसमा सबैजना दिउसोको १२ः१२ बजे संगसंगै अगाडी बढ्यौं । खटिमाको मेनबाटो छोडी बाइपास रोडबाट अगाडी बढ्यौ,कन्जबाग,छिन्की,कुटरा लगायतका ठाउंपार गर्दै हामी अगाडी बढिरहेका थियौ । बाटोमा पर्ने नानकमत्ता मन्दिरमा समेत केही बेर रोकिइ ,दर्शन गरी,प्रसादी तथा भोजन ग्रहण गरी अगाडी बढ्यौं । परिसर भित्रको पीपल वृक्ष,सुक्ष्म सरोबर(ताल) भित्रका माछा बढा मनमोहक थिए । परिवारका संगै अन्य छिमेक तिर्थ यात्रा टोलीका सदस्यसंगको समिपता आनन्ददायक थियो । करीब १ घण्टाको नानकमत्ता विश्राम पश्चात हामी बस भएको स्थान फर्कियौं र घरबाट बनाएर लगेको रोटी,तरकारी,अचार समुहका अरु सदस्यसंग मिलेर खायौं,सामुहिकताको भोजनानन्दमा ८४ व्यञ्जन भन्दा बढ्ता स्वाद आइ रहेको थियो । सो पश्चात हामी सितागञ्ज ,रुद्रपुरका लागि अगाडी बढ्यौं,बाटोमा बसले समेत आफ्नो यात्रा भरीका लागि उर्जा ग्रहण गर्यो ।
फ्युलस्टेश्नमा हामीले सामुहिक फोटो समेत लियौं । तत्पश्चात बरा भन्ने ठाउंमा बस केही बेर रोकियो । बादलु मौसम,चिस्याइलो परिवेश बढो आनन्द आइ रहेको थियो । गुडिरहेकै बेला गाडीबाट अचानक आवाज आयो,सबै हल्लीने गरी,पछाडीको टायर फुटेको रहेछ । केही बेर फेरी गाडीबाट ओर्लियौं,दायां बायां खेतहरुमा मज्जालै चैते रोपाईको तयारी भइरहेको थियो । प्राकृतिक वातावरणको सुन्दरता अवर्णनिय थियो । करीब १५ मिनेट पश्चात हामी काशीपुर तर्फ अगाडी बढ्यौ । नगीना,कोटद्वार,जस्पुर लगायतका आकर्षक स्थल त्यतै पढदा रहेछन । बाटोमा चिया,आरु रिफ्रेस पश्चात दिनले आफ्नो पालो पुरा गरी रात्रीलाई पालो सुम्पदै थियो । बिजनौर ,नजिवावाद लगायतका उत्तरप्रदेशका केही ठाउं समेत हरिद्वार यात्राका दौरान पर्दा रहेछन । भारतीय राष्टिय राजमार्ग प्राधिकरणको नेतृत्वमा बनेका विशालकाय राजमार्ग हुदै यात्रा हुने रहेछ,चार पांग्रे सवारी साधनले प्रत्येक ६० कि.मी.मा टोल टैक्स बुझाउनु पर्दो रहेछ,कुरा बुझ्दै जादा थाहा भयोकी भारतमा राष्टिय राजमार्ग सरकारले भन्दा पनि विभिन्न कम्पनी(ठेक्का)ले निर्माण गर्दा रहेछन,सो को शोधभर्ना निश्चित अवधी टोल टेक्स उठाएर गर्दा रहेछन । हामीले दिनमा यात्रा सुरु गरेकाले विभिन्न ठाउंहरुलाई देख्दा रमाइलो भइरहेको थियो । राती करीब पौने ९ बजेतिर हामीे गेट नं.५ बाट शान्तिकुञ्ज प्रवेश गर्यौं । बढो स्वर्गानुभुति हुने ठाउं,मसिनो पानीले हामीलाई शान्तिकुञ्जमा स्वागत गरिरहेको थियो ।
हामी झोलाहरु गाडीमै राखी भोजनशाला तिर गयौं,जहा १००० जना भोजन गर्न मिल्ने ठाउं रहेछ,बढो ठुलो । तत्पश्चात हामी नचिकेता भवनको ग्राउण्ड भन्दा माथीको तल्लाको ७३ नं. कोठामा शयनका निम्ति प्रवेश गर्यौ । देवदत्त ओझा,सुरेन्द्र चन्द ,गोविन्द योगी,सुशिल भट्ट लगायतले विस्तरा प्रबन्ध,रजिष्टेष्नको कार्य राती १ बजे सम्म गरिराख्नु भएको थियो । कोठामा हामी ८ जना थियौं,े गाडीको थकाइ समेतले कतिबेला निन्द्रा आयो पत्तै भएन । २०८०।१।१८ मा बिहानै ३ः३० मा उठी नित्य कर्मपश्चात ४ बजे हिन्दुको सनातन पोषाक कुर्ता र धोतीमा ध्यानका निम्ति प्रखर प्रज्ञा र सजल श्रद्दानिर पुग्यौं,समाधी स्थलनेर शिर झुकाई प्रणाम पश्चात हामीले शिव लिंगको दर्शन गरी जल अर्पित गर्यौ र गायत्री माताको दर्शन गरी सन् १९२६ देखी प्रज्वलित अखण्ड ज्योती दर्शन गरी गायत्री ध्यानमा प्राणायामको मुद्रामा बस्यौं । तत् पश्चात नित्य हुने हवनमा सहभागी भयौं । माइकबाट २ जना गुरुमाले यज्ञविधि बढो मिठो ढंगले बताइ राख्नु भएको थियो । हवन पश्चात हामीले सामुहिक फोटो खिच्यौं,निःशुल्क प्राप्त हुने अखण्ड ज्योती,युग निर्माण योजना पत्रिका लियौं । मातृशक्ति गुरुमा प्रति प्रणाम गरी खाजा खान केन्टिनतिर गयौं,शुपथ मुल्यमा नास्ता पाइदो रहेछ ,पेटिज र कफी हामीले लियौ ,अरुले ईच्छामुताबिक । तत्पश्तचात हामीले केहीबेर शान्ति कुञ्ज परिसरको अवलोकन गर्यौ । कम्प्युटर सिकाउने देखी लिएर,संगीत ,सिलाइ बुनाइ सिकाउने , निःशुल्क संस्कार (विवाह,व्रतबन्ध आदिं) कार्य शान्ति कुञ्ज भित्र हुदा रहेछन । वयं राष्टाम जागृताम पुरोहिता(हामी पुरोहित राष्टलाई समुन्नत र समृद्द बनाउनेछौ) लगायतका थुप्रै जीवन प्रेरक भनाइहरु शान्ति कुञ्ज परिसरमा लेखिएका थिए । ९ बजेबाट रामकृष्ण हलमा १ः३० घण्टे सत्संगको कार्यक्रम थियो ,हामी त्यसमा सहभागए भयौं ।
महेश मरकम नेपाल जोन हेर्ने सहजकर्ता थिए ,संगीत सहित कार्यक्रम सुरु भयो । प्रवचक विद्दान गुरुले मानिसभित्रको पशुत्व,योद्दा र सन्त प्रवृतीका विषयमा ज्ञान दिएका थिए । देव भन्दा माथिको दिव्य शक्तिका विषयमा समेत चर्चा भएको थियो । केही सवाल,जवाफ पश्चात प्रवचन कार्यक्रम सकिएको थियो । हाम ८ सदस्यीय पारिवारीक टोली कोठामा गइ वस्त्र परिवर्तन पश्चात निःशुल्क भोजनशाला तिर गयौं,फिका पिरो र फिका नुन सहितको खाना ग्रहण गरे पश्चात हामी कोठामा एक छिन आराम गरी शान्तिकुञ्ज परिसर हेर्न निस्क्यौं । भित्र २ ठाउमा नास्ता स्टेशन, २ ठाउंमा पुजा सामग्री र पुस्तक पाइने स्टल,कपडा स्टल रहेछन । विभिन्न ठाउंबाट आउने व्यक्तिहरुको सहजताका लागि नेपाल जोन ,दक्षीण भारत जोन गरी विभिन्न जोन रहेका थिए । भित्रपट्टी रहेको हिमालय चारधामभित्र प्रवेश गरी आत्म शान्ति लिर्यौ । तत् पश्चात छेवैको वनस्पती उद्यान समेत हेरी फोटो लियौ.। केही बेर विश्राम पछि शान्ति कुञ्ज पछाडी पट्टीको ३ नं.गेटबाट चिया खान बाहिर निस्क्यौं । कुल्लड चिया(माटोको भाडोमा दिने चिया ) खाइ सुशिल दाईका बुवा समेत हामी ३ जना भारत माता मन्दिर र लालदरबार हेर्न सप्तक्रृषि घाट रोड गयौं। गगनचुम्बी महल जस्तै रहेछ भारत माता मन्दिर,२०७०।०७१ तिर पनि उक्त मन्दिर गएकाले पुरानो यादमा ताजगी आइ रहेको थियो ।
सो ठाउंबाट बालकृष्णका युगीन ड्रेस सेट समेत किन्यौं । सन्त,मुनी देखी विभिन्न प्रदेशका परिचायक कुरा मन्दिरमा सजाइएका थिए, मैत्रेय, गार्गी, सति सावित्री जस्ता विद्दान व्यक्तित्व समेत । लाल दरबारमा केदारनाथ, बद्रीनाथ जस्तै गुफा थिए, तत्पश्चात हामी वेदमाता गायत्री ट्रस्ट शान्तिकुञ्जबाट स्थापित देव संस्कृति विश्वविद्यालय अवलोकनका लागि गयौं। विशाल संरचना,फोहोरको नामनिशाना नभएको सफा ठाउं, विद्यार्थीको स्वेत वस्त्र, अलौकिक आनन्दको स्थल । त्यहाका रजिष्टार डा.बल्दाउ देवाङ्गन, एच आर डिपार्टमेन्ट हेड डा अश्विनी शर्मा लगायतसंग शिष्टाचार भेट गरी लाइब्रेरीको समेत अवलोकन गर्यौ, भवनमाहरुमा समेत प्राण रहेको अनुभुति भयो । तत्पश्चात हामी शान्ति कुञ्ज फर्कियौं, सो अवधिमा त्यहा शक्ति कलशको विधिवत पुजा एवं स्थापना भएको रहेछ । बेलुकीपख हामीले यज्ञका लागि चाहिने रामनामी, पुजासामग्री, केही धार्मिक पुस्तक समेत किन्यौं । एक छिन हामी फेरी गेटबाहिर गयौं, भारी वर्षाले बेस्सरी चिसो गरायो । गेट बाहिर जानु पुर्व हामी केहीबेर गेटमै रोकियौं, आरती, प्राथनाको निश्चित अवधि थथास्थानमा रहनु पर्ने नियम रहेछ । तत् पश्चात हामी निःशुल्क उपलब्ध अटेच कोठामा आयौं, केही समय विश्राम गर्यौं ।
शान्ति कुञ्ज परिसरमा लेखिएका पं.श्री राम शर्मा आचार्यका भनाइहरु बढो हृदयस्पर्शी थिए ।
१.अमिरी धनमै नही ईमान्दारीमै होनी चाहिए । २.सबसे बडा दिन दुखी वही है जिसके खुदके उपर नियन्त्रण नही है, ३. जिवनमैे होनी चाहिए : इमान्दारी,बहादुरी ४. आलस्यता सबसे बडा शत्रू है ५.विवेक खुदके गल्तीयौंमे भी तलबार उठानेकी ताकत देती है, ६. पुलिस और अदालत से वच सकते है, भगवान से नही, ७.समुन्नत जीवनके २ आधार :सादा जीवन, उच्च विचार ।
यी भनाइ अध्ययन पश्चात हामी करीब ८ बजेतिर राम कृष्ण हलमा गयौं,प्रवचनका लागि सबै उपस्थित भइ सकेका थिए । डेढ घण्टाको प्रवचन पश्चात हामी खानाका निम्ति भोजनशाला गयौं र भोजन ग्रहण गरी निन्द्रामा विलाप भयौं । २०८०।१।१९ मा हामीले हरकी पौडी लगायत ठाउंमा जाने योजना बनाएमुताबिक करीब ५ बजे शान्तिकुञ्जबाट अटो चढी त्यस तर्फ गयौं । हरकी पौडी छेवैको पुलबाट पैदल अगाडी बढ्यौ, हिन्दु संस्कृतिको महत्वम आस्थाका केन्द्र मध्ये एक हो हरिद्वार ,जहां दैनिक लाखौं व्यक्ति(श्रद्दालु) स्नान तथा दर्शनका लागि आउछन । विधिविधानतः स्नान गरी,सामुहिक,व्यक्तिगत फोटो खिची हामी टिका प्रसादी ग्रहण गरी मन्सा देवी तर्फ गयौं । उडनखटोलामा प्रति व्यक्ति १३० भारुको टिकट तिरी मां मनसा देवीको स्थान पुग्यौं,टर्लीका माध्यमबाट,बडो रोमाञ्जकता थियो ,यात्रामा । अग्लो स्थानको मन्दिरका शक्तिसमेत प्रचुर रहेको आभास भयो । हजारौं दर्शनाथी लाइनबद्द थिए,दर्शनार्थ । हामीले पनि दर्शन गरी आसपासको इलाका अवलोकन गर्यौ,धार्मिक स्थलमा अन्य क्षेत्रको व्यापार समेत प्रचुर मात्रामा थियो । धार्मिक पर्यटनको उत्कृष्ट नमुना,मन्सादेवी पश्चात हामी टर्ली बस हुदै मेन रोडमा आयौं र अटोमा चढी मां चण्डी देवीको दर्शनार्थ उडनखटोलाका टिकट काट्ने ठाउंमा पुग्यौं। अत्यधिक दर्शनार्थीको भिड रहेको थियो ,त्यहां । प्रति व्यक्ति २२० भारुको टिकट काटी हामी आवश्यक सुरक्षा जांच गराइ रोप वेमा चल्ने टर्लीमा चढ्यौं ,मन्सा देवी भन्दा बढी हाइटमा रहेछ ,चण्डी देवी । दर्शनका लागि आवश्यक सामग्री किनि ,दर्शन गरी हामी घरका लागि प्रसादी,शंख तथा अन्य सामाग्री किनि टर्ली हुदै रोडमा निस्क्यौं । आकाशे पानीकै बिच अटो चडी हरकी पौडी जाने योजनामा परिवर्तन पश्चात हामी पतञ्जली योग ग्राम (दिल्ली रोड फेज ―१) पुग्यौं । भारी पानीबिच फोछो लिइ,पतञ्जली अस्पताल,मेगास्टोर,पतञ्जली विश्वविद्यालय अवलोकन गरी अटोमा रुडकी रेल्वे फाटक,ईमरान डेरी अनुभव भट्ट(पारिवारिक नाताका व्यक्ति)को घरका निम्ति प्रस्थान गर्यौ,भेटघाट र स्नेहील मिलनका निम्ति ।
रेल्वेको सुरुङ हुदै अगाडी बाटोबाट रुड्की घरमा पुगी भेटघाट चिया पश्चात खाना खाइ आराम गरी हरकी पौडीका प्रस्थान गर्यौं । अटो पश्चात हरियाणा परिवहन निगमको बसमा हरिद्दार बसपार्क ओर्लियौं । तत्पश्तात पैदल यात्रमा आवश्यक सामग्री किनि हामीले लाखौं मानिसको उपस्थितीमा हुने गंगा आरती हेर्यौं । हामी सितको १ टोली(वसन्त समेतको) भिडमा छुटिएपछि हामी ४ सदस्यीय टोल िचिया ,फल खाइ गंगा जल भरी देहरादुन जाने टेक्सीमा चढी रु.३० को टिकट तिरी शान्ति कुञ्ज पुग्यौं । हरिद्दार हरकी पौडीबाट ६ किमि पुर्वमा पर्दछ,शान्ति कुञ्ज क्षेत्र । बेलुकी करीब ८ः३० बजे हामी सिधै प्रवचन स्थल रामकृष्ण हल पुग्यौं । जीवन दर्शनका विषयमा चर्चा थियो । अकर्म,सुकर्म,विकर्म लगायतको चर्चा चलिरहेको थियो । सो पश्चात आउने दिनको कार्यक्रमबारे टोली नेता देवदत्त ओझा सरले प्रष्ट पार्नु भएको थियो । अलिक घुमघाम पश्चात भोजन,केही समय खाना बाढ्ने श्रमदान पश्चात हामी कोठामा पुग्यौं । शयन पश्चात २०८०।१।२० मा प्रातः उठी गायत्री ध्यान ,समाधी दर्शन पश्चात दिक्षा सेट कीनी टिन सेडमा दिक्षा लिन गयौं । बढो विधिविधान वुर्वक आचार्य माताले सबैलाई दिक्षित गर्नु भएको थियो । तत्पश्चात हामी हवनमा बसी अखण्ड ज्योती दर्शन गरी नास्ताका लागि स्टेशनमा गयौं । नास्ता पश्चात अलिक घुमी राम कृष्ण हलमा हरियाणा विश्वविद्यालयका प्रोफेसर भटनागर गुरुको लोभले लाभ,लाभले विलाप विषयका प्रवचन सुन्यौं । गायत्री उपासनाको महत्व र यसले मानव जीवनमा पार्ने प्रभावको चर्चा,रसपुर्ण मानव जीवन बनाउने उपायबोध पुर्वको बिहाइ संगीत बडो भावविह्ल थियो । सो पश्चात गुरु भटनागरसंगको सामुहिक फोटो पश्चात कार्यक्रमका सम्बन्धमा भीमदत्त न.पा.वडा नं.२ का अध्यक्ष उत्तम भट्ट,अमित प्रसाद भट्ट,हरि सिंह रावल,डम्बर शर्मा बडु,महन्त गोविन्द नाथ योगी,भेषराज पन्त,राम सिंह ठकुरी,एक जना मातृ शक्ति समेत अन्य व्यक्ति बोलेका थिए र आफ्नो जीवन अर्काको हीतमा कसरी उपयोग गर्न सकिन्छ,सो सम्बन्धमा शान्तिकुञ्जले महत्वपुर्ण पाठ सिकाएको व्यहोरा सबैबाट विभिन्न तरिकाले प्रकट भएको थियो ।
तत्पश्चात प्रचण्ड पानीका बिच क्रृषिकेश जाने कार्यक्रम स्थगित भएपछि सबै भोजनशाला तर्फ लागेका थिए ,बढो आनन्दसाथ भोजन लिइ केही समय श्रमदान गरी कोठामा फर्किइ लुगा बदली हामी फेरी शान्तिकुञ्ज टहल्न गएका थियौं । देवदत्त ओझासरको कोठामा गइ महेश मार्कम समेतको उपस्थितीमा शान्तिकुञ्ज र जीवन दर्शनका सम्बन्धको चर्चामा सहभागी भयौं र केही समय सुरेन्द्र चन्दसंग २ बसमा आएका तिर्थालु बसेका कोठाबाट सिरक डसना संकलन गरी रजाइ गद्दा स्टोरमा बुझाउने काममा लाग्यौं । तत्पश्चात अनुदान काउण्टरमा गइ नगद दान गरी सो को कम्प्युटरीकृत रसीद लिइ चिया खान हामी ३ नं. गेट बाहिर गयौं । सो पश्चात केही छुट सामग्री किनी कोठामा गयौं । हामी संगैको एक ठुलो टोली देवसंस्कृती विश्वविद्यालय अवलोकनार्थ गएछ र त्यहां डा. चिन्मय पण्ड्या(प्रो.भाइस चान्सलर) संग समेत भेट गरेछ । हाम्रो टोलीका केही सदस्यले भारत माता र लालदरबार दर्शन गरकाले हामी उहासित अटो चढी त्यस तर्फ गयौं ,तत् २ ठाउंको दर्शन गरी आवश्यक सामान÷फलफुल किनि हामी शान्चि कुञ्ज पुग्यौं । कोठाबाट आफ्नो झोलाझिम्टी युके ०४ वाइ पि ए १११३ नम्बरको बसमा राखी केही खाने सामग्री किनि केही बेर नचिकेता भवन अगाडी विश्राम गर्यौं । सो पश्चात समाधि स्थल तर्फ प्रस्थान गर्दा ३ महिने सत्संग कक्षामा आएका सुर्खेतका कृष्ण प्रसाद भण्डारीसमेत संग भेट भयो । सो पश्चात हामी करीब ८ बजे शक्ति कलश सहित सबै जना भगवतस्तुती गर्दै शान्तिकुञ्जबाट बिदा भयौं, आत्माको चिर शान्तिका पुग्नै पर्ने ठाउं शान्तिकुञ्ज बाट हाम्रो गाडी हरकी पौडीनेर करीब ९ बजे सम्मका लागि रोकियो । हरिद्दारको मुटु हरकी पौडी वरपरको रात्रीकालिन दृश्य हेर्यौ । गंगाा नदीको पानीलाई बढो वैज्ञानिक ढंगबाट व्यवस्थीत गरिएको छ ,हरिद्दारमा गंगाको अटुट दर्शनका निम्ति । अलौकिक खालको दिव्य शक्ति समेत छ हरिद्दारमा जसले यस क्षेत्रलाई सदा चकमन्न पारिरहन्छ । चार धामको मुल मार्ग भएर पनि होला पावन हिमालयको शक्ति सिञ्चतीले हरिद्दारलाई मनभावन बनाइरहन्छ ।
हामी ९ बजे करीब त्यहांबाट बनबासाका लागि हिन्यौं र बाटोमा गाडीका लागी चाहिने उर्जा सञ्चिती पश्चात पञ्जाबी ढावामा चिया नास्ता गर्यौं । हरिकी पौडीबाट सुरु भएको भजन÷गीद गायनको श्रङ्खला २०८०।१।२१ को ३ ः३० बजे शारदा इन्टर कलेज कैनाल रोड बनबासाको गेट छेउ पुग्दा जल कैसे भरु यमुना गहरी बोलको होली गाएर सकिएको थियो । भजनका दौरान विभिन्न प्रतिभाहरुका प्रस्तुती सुन्ने अवसर प्राप्त भएको थियो । अझै खाउ खाउ लाग्दो पानी,औल्ला भाका पहाडी गीद,जय जय तुलसी,मुरली मोहन,कृष्ण खडे मधुवनमै लगायतका प्रस्तुतीले घरर्फिर्तिको रात्री अविष्मरणीय बनेको थियो । करीब ६ बजे गेट खुले पछि हामी आवश्यक चेकजांच पश्चात एसएस बी कैम्प पछि गड्डाचौकी भन्सार पुग्यौं । भारतीय गाडीलाई नेपाल प्रवेश गर्न चाहिने विशेष व्यवस्था (सुविधा) लिई हामी महेन्द्र राजमार्गमा अगाडी बढ्यौं र शान्ति निकेतन स्कुल छेउमा ८ सदस्यीय टोली सबैसंग बिदा मागी बसबाट ओर्लियौं,अटो र स्कुृटी गरी सकुशल घर पुग्यौं ।
भ्रमण टोलीका सदस्य जम्मा ः६८।
नाम स्मरण भएका भ्रमण टोली सदस्य ः
१.देव दत्त ओझा र निजकी धर्मपत्नी, २.केशव प्रसाद बडु र निजकी धर्मपत्नी, ३.अम्बा दत्त बडु, ४.दुर्गा दत्त पन्त, ५ डम्बर शर्मा बडु, ६.सुरेन्द्र चन्द, ७.महन्त गोविन्द नाथ योगी, ८ विष्णु दत्त भट्ट, ९. सुशिल भट्ट, १०.वसन्त भट्ट र निजका मातृ शक्ति, ११. मञ्जु् भट्ट र आदर्श भट्ट, १२. पुनम भट्ट, १३. सुमित्रा जोशी, १४ दिक्षा अवस्थी, १५ हरिसिंह रावल, १६. उत्तम भट्ट, १७. हेम कान्त पन्त, १८. भेषराज पन्त, १९. राम सिंह ठकुरी
― अमित प्रसाद भट्ट
भीमदत्त न.पा.७ हल्दुखाल,राम मन्दिर टोल,कञ्चनपुर
मो.९८४८७४४५३५