प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोधारा चाँदनीमा योजना छनौट सम्बन्धी अभिमुखिकरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत योजना छनौट सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार शाखा कञ्चनपुरको आयोजनामा प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधीहरुलाई न्युनतम रोजगारीका लागी आबेदन तथा सामाजिक र आर्थिक उन्नतीमा सघाउ पुऱ्याउने आयोजना छनौट सम्बन्धी एक दिने अभिमुखिकरण संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनाउन केही कार्यक्रम परिमार्जन गरेर जानुुपर्नेमा जोड दिनुभएको छ् ।

संघीय सरकारबाट आएको बजेट मार्फत सञ्चालन हुने रोजगार कार्यक्रम स्थानीय सरकारं संग समन्वय र लागत सहभागितामा सञ्चालन गर्ने गरी दीर्घकालिन योजना बनाएर अगाडी बढ्न सकेबढी प्रभावकारी हुनेमा उनले उल्लेख गरे । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाका वडाध्यक्षहरुको उपस्थित अभिमुखिकरणमा सडक निमार्ण तथा मर्मत, कृषी तथा सिचाई, ग्रामिण खानेपानी, स्वास्थ्य र सरसफाई, शिक्षा तथा पर्यटन क्षेत्रका बिकासका लागी सामुदायिक आयोजना छनौट गर्नु पर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले बताउनुभएको छ् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा यसको प्रभावकारिताका लागि वडा अध्यक्षको मुख्य भूूमिका हुने भएकाले सही योजना र जनशक्ति छनौट गर्नु पर्ने उनले बताईन् ।

ताजा समाचार