कञ्चनपुरको पुनर्वासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिका १० स्थित नेपाल भारत सिमानमा  पर्ने भारतको दुधवा नेशनल पार्कमा बाघले आक्रमण गर्दा  एक महिलाको मृत्यु भएको  छ । बाघको आक्रमणबाट पुनर्वास नगरपालिका – १० मदन टोलकी ३२ वर्षकी कलसा सार्कीको मृत्यु भएको हो । पुनर्वास नगरपालिका वडा नं १०  मा बसोबास गर्ने अधिकांश आमा दिदिबहिनीहरू गाईबस्तुका लागी घाँस र चुलो चौकोका लागि दाउरा संकलन उनीहरूको दैनिकीनै बनेको छ। सधैजसो बिहानी पाखा घास दाउरा गर्ने क्रममा आज बिहान ७ जना  महिलाको समुहमा भारतको दुधवा नेशनल पार्कमा गएका थिए। के थाहा उनलाई आज साथीसंगी सग  उनको अन्तिम मेला हुने भनेर‌ । घाँस काट्न गएका ७ जना माध्ये उनी बाघको आक्रमणबाट बच्न सकेनन् तर अन्य महिला भने बाघको आक्रमण पछि भागेर बच्न सफल भएका थिए ।

मृतक महिलाको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प लाल कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिएका छन । घटनाको‌ खबर प्राप्त हुनासाथ उक्त स्थानमा स्थानिय युवाहरूको टोली सहित घटनास्थलमा कुण्डा सब डिभिजन बन कार्यालयका बन अधिकृत दिनेश कुमार यादव , नेपाल प्रहरी त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्ल,, बडा न ११र १० बडा अध्यक्ष तुलसी अर्याल, सुकदेव राना, बडा सदस्य पदम राज उपाध्याय सहित जनप्रतिनिधिहरू र आम नागरिकहरु पुगेका थिए।अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ ।

भारतिय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ । कानुनी प्रक्रिया पूरा गरेर लास परिवार लाई बुझाउने प्रकियामा जुटेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनुभयो। अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ । भारतिय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ।

ताजा समाचार

This will close in 10 seconds