आज स्ववियु निर्वाचन

तालबन्दीले कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव, बाँकीमा अनिश्चित

कञ्चनपुर: स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचन कञ्चनपुरमा उत्साह देखिएको छैन । जिल्लामा १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले संगठन र उम्मेदवारी दर्ता गराएपनि कुल क्याम्पसको आधा भन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका थिए । एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ । ६ क्याम्पसमा चुनाव हुँदैछ । भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव हुने देखिएको छ । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरस्ववियु र अखिल क्रान्तिकारीविच चुनावी तालमेल भएको छ । एमाले, माअोवादी निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट बालिका पन्त, नेवि संघ एक्लै चुनावी मैदानमा होमिएको छ ।

नेवि संघबाट कृष्ण राज जोशी उम्मेदवार रहेका छन । कञ्चन बहुमुखी क्याम्पसमा काँग्रेस, माओवादी निकट संयुक्त प्यानलबाट नेवि संघका दिनेश भट्ट, एमाले निकट एक्लै देव बहादुर साउद चुनावी मैदानमा उत्रिएका छन । जनता बहुमुखी क्याम्पस पुनर्वासमा एमाले, काँग्रेस निकट विद्यार्थी संगठनबाट अनेरास्ववियुकी सकुन्तला मल्ल र माओवादी निकट अखिल क्रान्तिकारीबाट मनोज साउद एक्लै चुनावी मैदानमा छन । महाकाली बेलौरी क्याम्पसमा नेवि संघबाट निरज भण्डारी, अनेरास्ववियुबाट हिरामोती चौधरी, अखिल क्रान्तिकारीबाट सपना चौधरी र नागरिक उन्मुक्ति निकटबाट उर्मिला चौधरी प्यानल चुनावी मैदानमा होमिएको छ । उक्त क्याम्पसमा समाजवादी र माओवादी निकट विद्यार्थीविच चुनावी तालमेल भएको छ । रामपुर बहुमुखी क्याम्पसमा नेवि संघबाट धनीराम चौधरी, अनेरास्ववियुबाट विमला रेग्मी र अखिल क्रान्तिकारीबाट सरस्वती तिरुवा प्यानल चुनावी मैदानमा उत्रिएको छ । रौलेश्वर आर्दश बहुमुखी क्याम्पस बेलडाँडीमा नेवि संघ र अखिल क्रान्तिकारीविच चुनावी तालमेल भएको छ । क्रान्तिकारीको सर्मथनमा नेवि संघका गजेन्द्र उपाध्याय र अनेरास्ववियुका दिलेन्द्र प्रशाद बडूविच प्रतिस्पर्धा हुने भएको छ । यस अघि दानेश्वर बहुमुखी क्याम्पसमा मात्रै नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा समावादी र राप्रपा निकट विद्यार्थीविच भागबण्डा भएर नेवि संघकी बिमला जोशी नेतृत्वमा स्ववियु समिति निर्विरोध निर्वाचित भएका छन । सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित भानु, बारिधी, कञ्चन, बालजागृती, जनज्योती, सिद्धनाथ विज्ञान क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका कारण चुनाव अनिश्चित बनेको छ । कृष्ण पाण्डे समुहको नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा समाजवादी, बहुमत, विप्लव,राप्रपा निकट विद्यार्थी संघ संगठनहरुले छुट्टाछुट्टै क्याम्पसमा तालाबन्दी गरेका छन । त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा चार तार ताला लागेका छन ।

कृष्ण पाण्डे समुहको नेवि संघ, नेकपा विप्लव, सहितका चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन । त्रिविकै सम्बन्धन प्राप्त उदय सरस्वती क्याम्पस वाणिमा विद्यार्थी संगठनविच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको छ । अनेरास्ववियु कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले विद्यार्थी संगठनविच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको बताए । तालाबन्दीका कारण उक्त क्याम्पसमा चुनाव नहुने देखिएको छ । तालाबन्दी गरेका विद्यार्थी संगठनले सम्बन्धी क्याम्पस प्रशासनबाट चुनावका लागि तयारी वातावरण तय नगरेपछि बाध्य भएर धाँधली देखेपछि तालाबन्दी गरिएको बताएका छन । नेवि संघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले चुनावका लागि क्याम्पस प्रशासनले बदमासी गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । तालाबन्दी भएको सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख जगराम दमाईले त्रिविकैकार्य तालिका अनुरुप तयारी भईरहेका बेला विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले लगाएको ताला खोलेको बताए । ‘एमाले, काँग्रेस निकट विद्यार्थी संगठनले आफु हार्ने डरले तालाबन्दीको बिजारोपण गरेको छ, ‘उनले भने, ‘त्यसपछि हामी सहितका विद्यार्थी संगठनले तालाबन्दी ग¥यौँ, हामीले सबैमा खोलिसके अन्य संगठनले गरेका छन ।’ मनोनयन दर्ता गरेका क्याम्पसमा सहमती नहुँदा चुनाव हुने भएको छ । रामपुर बहुमुखी क्याम्पसका प्रमुख मदन बहादुर चन्दले तीन विद्यार्थी संगठनले मनोनयन दर्ता गराएसंगै सहमती नभएपछि चुनाव हुने बताए ।कञ्चनपुरमा रहेका क्याम्पस मध्ये आधाभन्दा कमै क्याम्पसमा चुनाव हुने भएपछि विगतका बर्षहरुको जस्तो जिल्लाभरी विद्यार्थी चुनावमा रौनकता छाएको छैन ।

ताजा समाचार

This will close in 10 seconds