स्ववियू निर्वाचन : सुदूरपश्चिममा नेवि संघ र क्रान्तिकारीको जित शुरुवात

कञ्चनपुर : स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका सुदूपश्चिम प्रदेशका दुई क्याम्पसमा सहमतीय आधारमा पदाधिकारी टुङगो लगाईएको छ । दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा सहमतीय आधारमा पदाधिकारी टुङगो लगाईएको हो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कञ्चनपुरको जिमुवा स्थित दानेश्वर बहुमुखी क्याम्पसमा नेवि संघकी विमला जोशी र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नविन विष्ट निर्बिरोध निर्वाचित भएका छन ।
दानेश्वर बहुुमुखी क्याम्पसमा सभापति नेवि संघ, सचिव अनेरास्ववियु, कोषाध्यक्ष अखिल क्रान्तिकारी र सदस्यमा समाजवादी निकट अनेरास्ववियू, राप्रपा निकट विद्यार्थीविच सहमती भएको छ । नेवि संघ कञ्चनपुरका पुर्व अध्यक्ष एव नेपाली काँग्रेस पाटीबाट दानेश्वर क्याम्पसमा चुनाव गराउन खटाईएका कृष्ण भट्टले सहमतीय आधारमा पदाधिकारी टुङगाईएको बताए । ‘नेवि संघको भागमा सभापति, अनेरास्ववियुको सचिव र क्रान्तिकारीको कोषाध्यक्ष र अनेरास्ववियु समावादी र प्रजातान्त्रिक विद्यार्थीलाई सदस्य दिने सहमती भएको छ ।’
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका सचिव तिलक मालले दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङगो लगाएको बताए । क्रान्तिकारी नेता मालले सुप विश्वविद्यालयको गोकुलेश्वर दार्चुला क्याम्पसमा अखिल क्रान्तिकारीका नविन सिह विष्ट निर्बिरोध निर्वाचित भएको बताए । उनका अनुसार उक्त क्याम्पसमा क्रान्तिकारी, अनेरास्ववियु र नेवि संघविच सहमतीय आधारमा पदाधिकारी चयन गरिएको छ । क्रान्तिकारीका तर्फबाट विष्टले सभापतिमा उम्मेदवारी दिएका छन । सचिव एमाले निकट अनेरास्ववियु, नेवि संघ कोषाध्यक्ष र सदस्य बाँडफाँड भएका छन । दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वरबाट निर्बिरोध निर्वाचित पदाधिकारीलाई निर्वाचित भएको घोषणादेखि प्रमाण पत्र दिन बाँकी रहेको छ । सुप प्रदेशका रहेका त्रिवि, संस्कृत र सुप विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कतिपय क्याम्पसमा तालाबन्दी भएको कतिपयमा मनोनयन दर्ता गरिएको छ । कञ्चनपुर सहितका सुदूरका विभिन्न क्याम्पसमा भएको तालाबन्दी खुलाउन प्रशासन, क्याम्पस प्रशासन, राजनीतिक,विद्यार्थी संघ संगठनबाट पहल भएपनि सहमती हुन नसेको छैन ।

ताजा समाचार

This will close in 10 seconds