दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कुतियावकर क्षेत्रमा बाढीबाट मानविय संगै धनमालको क्षतीलाई रोक्न सुरक्षित आश्रय गृह बनाउने तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा बाढी प्रभावित बस्ती कुतियाकवरमा बाढीबाट धनजनको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण गरिने भएको दोधारा चाँदनीका कार्यालय बिपद शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी संस्थाले कुतियावकर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न सहमती जनाएको हो ।

सुरक्षित आश्रय स्थल निमार्णका लागी स्थानियबासी टेक बहादुर सुनारले जग्गा दान गर्ने भएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न झण्डैं रु. ४० लाख लाग्ने अनुमान गरिएको दोधारा चाादनी नगरपालिका कार्यालय बिपद शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताउनु भएको छ् । नगरपालिका कार्यालय र संघ–संस्थाको लगानीमा आश्रय स्थल निमार्ण कार्य अघि बढाईने दोधारा चाँदनी नगरपािलका कार्यालयले सुरसार कसेको छ् ।

बाढीको बेला महिला, बालबालिका, अपांग, सुत्केरी महिला, अशक्तहरुको ज्यान जोगाउनुको साथै उनिहरुको आवश्यक खाद्यान्न तथा लत्ता कपडालाई सुरक्षित राख्न सकिने गरि निमार्ण गरिने दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको तथा महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको बाढीको अति संबेदनशिल बस्ती रहेको हुदा कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल बनाउन बिगत लामो समय देखि स्थानियहरुले माँग गर्दै आएका हुन् ।

दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुको पहलमा आश्रय स्थल निमार्णको लागी तयारी सुरु गरिएको बताईएको छ् । कुतियावकर बस्तीमा ५० घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी बाढीले लाखौको धनमालका क्षती पुरयाउदै आएको छ् ।
बाढीको कारण मानविय क्षतीको त्रास पनि त्यत्तीकै रहन्छ् । बस्तीमा मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण हुने भएपछि स्थानियहरुमा खुशी छाएको छ् ।
