चार विद्यार्थी संगठनद्वारा सुप विश्वविद्यालयमा ज्ञापन पत्र

कञ्चनपुर: चार विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन । बुधबार विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ज्ञापन पत्र बुझाएका हुन । अनेरास्ववियु सुप विश्विद्यालय राष्ट्रिय कमिटीका उपाध्यक्ष रविन नाथले विभिन्न माग अघि सारेर विश्वविद्यालयका दुई विभागमा ज्ञापन पत्र बुझाएको बताए । अनेरास्ववियु सुप विश्विद्यालय राष्ट्रिय कमिटीका उपाध्यक्ष नाथका अनुसार व्यवस्थापन र विज्ञान तथा प्रविधी संकायमा ज्ञापन पत्र बुझाईएको छ ।

अनेरास्ववियु सहित अखिल क्रान्तिकारी, समाजवादी र राप्रपा निकट विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन । शैक्षिक क्यालेण्डर अनुरुप पठन पाठन हुनुपर्ने, विभागमा कार्यरत कर्मचारी अव्यवस्थित भएकाले व्यवस्थित हुनुपर्ने, खानेपानी प्रबन्ध हुनुपर्ने, शिक्षकको कार्य तालिका अनुरुप नियमित पठन पाठनको माग अघि सारिएको छ । अनेरास्ववियु सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपाध्यक्ष गोबिन्द जोशी, अखिल क्रान्तिकारीका सचिव दिपक भट्ट, प्रजातान्त्रिक विद्यार्थी संघका अध्यक्ष प्रेम रावल र अनेरास्ववियू (एस)का अध्यक्ष कविराज अवस्थीद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा विद्यार्थी स.गठनले अघि सारेका माग पुरा नगरे आन्दोलनको चेतावनी दिईएको छ ।

ताजा समाचार

This will close in 10 seconds