सत्ता पक्षकै विद्यार्थी संगठनले गरे कंचनपुरमा तालाबन्दी:प्रतिकारमा उत्रिने अनेरास्ववियु

बिरेन्द्र बाग /महेन्द्रनगर : कंचनपुरमा सत्ता पक्षकै विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन नगर्ने भनेर सयुक्त रुपमा केही क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)निर्वाचन भाड्ने नियतका साथ तालाबन्दी गरेको भन्दै प्रतिकारमा उत्रिने चेतावनी दिएको छ। अनेरास्ववियु कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरु हारको मानसिकताले तालाबन्दी गर्दै निर्वाचन भाड्न पुगेको कञ्चनपुरका अध्यक्ष कमल कुमार रोकायाले बताएका छन् । जिल्लाका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी (संघनेविसंघ ), माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) विप्लव निकट र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको रोकायाले बताए ।

‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘सत्तापक्षीय गठबन्धनका विद्यार्थी संघ, संगठनहरु पराजयको डरले तालाबन्दीमा उत्रेका हुन् ।’ अध्यक्ष रोकायाले तत्काल ताला खोलेर स्ववियु निर्वाचन हुन दिने माहोल सृजन गर्न सबै विधार्थी सङ्गठनहरुलाइ आग्रह गरेका छन् । उनले यस्ता गतविधि नरोकिए अनेरास्ववियु प्रतिकारमा उत्रिने र त्यसको जिम्मा सम्बन्धित विद्यार्थी संगठन र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ५ मा स्ववियु चुनावको मिति तोकिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ८ मा निर्वाचन हुने भने पनि नेविसंघले तालाबन्दी गरेर रद्द गरेका छन् ।

अधिकांस क्याम्पसहरुमा तालाबन्दीका कारण निर्वाचन नै प्रभावित हुने अवस्था छ । अनेरास्ववियुले जिल्लाका १६ वटै क्याम्पसमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै पत्रकार सम्मेलनमा बोल्दै पुर्व माननीय एमालेका केन्द्रीय सदस्य तथा एमाले कञ्चनपुरका सह–ईन्चार्ज नरबहादुर धामीले विद्यार्थीहरुलाई निर्वाचन गर्न नदिनु दुखद् भएको बताए । उनले भने,‘पञ्चायतकालमा समेत हरेक क्याम्पसहरुमा (स्ववियु )विद्यार्थीहरुको निर्वाचन भएको ईतिहाँस छ, प्रसाशनले तत्काल यसको समाधान निकाल्नपर्छ ।’ स्ववियु निर्वाचन जसरी नि प्रशासनले गर्नु पर्ने बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds