उदय सरस्वती क्याम्पसमा निर्वाचन स्थगित

कञ्चनपुर: कञ्चनपुरको उदय सरस्वती बहुुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ । कृष्णपुर नगरपालिका २ वाणि बंकमा रहेको उदय सरस्वती बहुमुखी क्याम्पमा निर्वाचन स्थगित भएको हो । अनेरास्ववियू र अखिल क्रान्तिकारीले क्याम्पस निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेसंगै निर्वाचन समितिले निर्वाचन प्रकृया स्थगित गरेको छ । समाजवादी निकट अनेरास्ववियू र माओवादी निकट क्रान्तिकारीले निर्वाचनमा सहभागि भएका विद्यार्थीलाई धाक धम्की, लोभ प्रलोभन, बन्धक बनाउदेखि अनेकन सुसुप्त षड्यन्त्र गरिरहेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन ।

उदय सरस्वती क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले नै सुचना जारी गरेर निर्वाचन प्रकृया स्थगित भएको जनाएको छ । निर्वाचन अधिकृत कृष्णानन्द जोशीले निर्वाचनका लागि वातावरण तय भए मात्रै निर्वाचन गर्न सकिने बताए । त्यसका लागि चुनावमा भाग लिने विद्यार्थी संघ संगठन सहमती हुनुपर्ने बताए । तालाबन्दीका कारण निर्वाचन प्रकृया स्थगित भएको जनाउँदै विद्यार्थी संघ संगठनको संयूक्त बैठक बसेपछि अर्को सुचना जारी गरी अगाडी बढ्ने जनाईएको छ । कञ्चनपुरका अधिकाँस क्याम्पसमा निर्वाचन प्रकृया स्थगित भएको छ । जनज्योती, सुप विश्वविद्यालयमा भर्ना विवाद, सहित क्याम्पसमा विवादै विवादले निर्वाचन प्रकृया स्थगित हुनेक्रम जारी रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds