काँग्रेस कञ्चनपुरले भन्यो, ‘अराजक व्यक्तिले पाटी कार्यालयमा गरेको अवाञ्छित गतिबिधी स्वीकार्य हुँदैन’

कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरले केही दिन यता अराजक व्यक्तिले पाटी कार्यालयमा आएर अबाञ्छित क्रियाकलाप प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै केही दिन यता अराजक व्यक्तिले पाटी कार्यालयमा आएर अबाञ्छित क्रियाकलापप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । केही समय अघि देखि कृष्ण पाण्डे सहितका नेवि संघका विद्यार्थीलाई अध्यक्षमा रमेश चटौतलाई चयन गरेको विषयदेखि स्ववियू निर्वाचनको विषयलाई लिएर तालाबन्दी गर्दै आएका थिए ।

सोही विद्यार्थी समुहप्रति लक्षित गर्दै काँग्रेस कञ्चनपुरले पाटी कार्यालय बिरुद्धमा हुने गतिबिधी बाञ्चित नहुने चेतावनी दिएको छ ‘यस्ता गतिबिधीमा संलग्न व्यक्ति कार्यकर्ताका गतिबिधी कुनै पनि हालतमा काँग्रेस वा भातृ संघ संगठन सम्बन्धीत हुन नसक्ने जनाईएको छ । पाटी सभापति पदम बोगटी र सचिव भीम राज भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा अराजक व्यक्तिसंग नलाग्न, सम्पूर्ण युवा, विद्यार्थीलाई जानकारी गराउँदै अराजक गतिबिधी गर्ने जो कोहीलाई पनि पाटीले कानुनी दायरमा ल्याउने चेतावनी दिईएको छ । साथै आगामी चैत्र ५मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेवि संघलाई जिताउने गरी खटिन अनुरोध गरिएको छ ।

ताजा समाचार