मझगाँउमा मैत्रीपुर्ण भलिबल प्रतियोगिता शुरु

कञ्चनपुर : कञ्चनपुरको मझगाँउमा मै त्रीपुर्ण भलिबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिका १६ मझगाँउमा भलिबल प्रतियोगिता शुरु भएको हो । रत्न कृषि बहुउदेशीय सहकारी संस्थाको आयोजनामा भलिबल प्रतियोगिता संचालन भएको हो । रत्न कृषि बहुउदेश्यीय सहकारीका अध्यक्ष दशरथ धानुकले ग्रामिण भेगको खेलकुद विकासका लागि प्रंतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष धानुकका अनुसार प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख जिल्ला समनवय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले उद्घाटन गदै प्रतियोगिताबाट खेलाडी उत्पादन गर्नुपर्ने सुझाव दिए । बिशिष्ठ अथिति समेत रहेका शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर विष्ट, सरस्वती माविका अध्यक्ष जनकराज जोशी सहितका समाजसेवी, खेलाडीले खेलकुद प्रतियोगिताबाट ग्रामिण भेगको खेलकुद विकासमा टेवा पुग्ने बताएका छन । पतियोगिताका विजेता टिमलाई पुरस्कार प्रदान गरिनेछ ।

ताजा समाचार

This will close in 10 seconds