सहिद सप्ताह दिवस : नेकपा माओवादी केन्द्रद्वारा कञ्चनपुरमा रक्तदान


कञ्चनपुर: सहिद सप्ताह दिवसको अवसरमा नेकपा माअोवादी केन्द्रले कञ्चनपुरमा रक्तदान गरेको छ । आइतबार नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले कञ्चनपुरको दैजीमा रक्तदान गरेको हो । माओवादी केन्द्र बेदकोट नगर कमिटिले सहिद सप्ताहको अवसर पारेर रक्तदानका साथै सहिद परिवारलाई सम्मान एव अन्तरकृया गरिएको छ । नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता दल बहादुर धामी(अबिरल)ले जनयुद्धमा साहत प्राप्त गरेका सहिदको स्मृतिमा पार्टीले रहेक बर्ष मनाउँदै आएको सहित सप्ताहको अवसरमा रक्तदान गरिएको बताए ।
उनका अनुसार माओवादी केन्द्र बेदकोट नगर सहित जिल्लाका ३१ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन । १८ जना सहिद परिवारलाई सम्मान गरिएको छ । रक्तदान र सहिद परिवारलाई सम्मान कार्यक्रममा नेकपा माओवादी कञ्चनपुरका जिल्ला ईन्चार्ज टेकेन्द्र प्रशाद भट्टले सहिदकै बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ती भएको बताउँदै सहिदलाई सदैव सम्झिनुपर्ने बताए । नेकपा माओवादी केन्द्र बेदकोट नगरका इन्चार्ज गणेश विक(कुसल)ले सहिद सप्ताहको अवसर पारेर रक्तदानका साथै सहित परिवारलाई सम्मान गरेर जनयुद्ध दिवस मनाएको बताए ।
‘अहिले जिल्लामा पनि रगत अभाव भएको छ, ‘माओवादी केन्द्र नगर इन्चार्ज कुसलले भने, ‘बिरामीका लागि रगत सहज उपलब्ध गराउन हामीले समाजिक कार्य गरेर दिवस मनाऔँ ।’ सहिद दिवसकैअवसमा सहित परिवारलाई सम्मान गरिएको बताए । नेकपा माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव विद्यान चौधरीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र बेदकोट र जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Loading Viewer...

ताजा समाचार

spot_img