कञ्चनपुर: अखिल क्रान्तिकारी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी भीमदत्त नगरका उपाध्यक्ष सन्तोष भट्टले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका हुन ।

क्रान्तिकारी भीमदत्त नगरका उपाध्यक्ष भट्टले बुधबार महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण गरेका छन । क्रान्तिकारी भीमदत्त नगरका उपाध्यक्ष भट्टले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बिरामी,दिनदुखीलाई सक्दो सहयोग गरेको बताए । फलफुल वितरणका प्रमुख अतिथि समेत रहेका अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले यसरी आफ्नो जन्मदिनमा बिरामीलाई फलफुल वितरण गरेर सक्दो सहयोग गरेको भन्दै धन्यवाद दिए । विगतमा समेत क्रान्तिकारी नगर उपाध्यक्ष भट्टले जन्मदिनमा समाजिक काम गर्दै आएका छन ।







