कञ्चनपुर : कञ्चनपुरको जनसेवा मावि सामुदायिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ७ हल्दुखाल राधाकृष्ण टोलको महाकाली जनसेवा माविको ५३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । बार्षिकोत्सवको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यमा उद्घाटन गरिएको थियो । प्रदेश प्रमुख जोशीले सामुदायिक विद्यालयको बृद्धि विकासका जोडदिएका छन । बिशिष्ट पुर्व अर्थमन्त्री प्रकास रावल, जिसस कञ्चनपुर प्रमुख दुर्गा बोहरा, भीमदत्त नगरका मेयर पदम बोकटी, उपमेयर मेयर निलम लेखक जोशीले शुभकामना मन्तव्य दिदै विद्यालयको बृद्धि विकासका लागि आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

जनसेवा माविका प्रद्यानाध्यापक कल्पना जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धजा जाहेर गर्नुभयो । कार्यक्रममा विभिन्न विद्याका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विवित सुदूरपश्चिमको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिसिह रावलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, विद्यार्थी अभिभावक सहितको सहभागिता थियो ।







