कञ्चनपुर : धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को साहयक संगठन युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर को दोस्रो जिल्ला सम्मेलन यहि फाल्गुन २८ गते हुने भएको छ। उक्त संगठनले कञ्चनपुर जिल्ला भित्र भएका हरेक समाजिक विकृति,विसंगति,भ्रष्टाचार,कालो बजारी, मिटर व्याज ,लघुवित्त र समाजिक असमानता का निम्ति संघर्ष गर्दै आईरहेको छ, २८ गते हुने सम्मेलन बिषेश तरिकाले जिल्ला सम्मेलनको तयारीमा जुटिरहेको र सम्मेलनमा संगठनका केन्द्रिय स्तरका नेता आउने कुरा संगठनका कञ्चनपुर जिल्ला संयोजक दिपेन्द्र ऐरीले बताए ।






