आज देशव्यापी भ्रष्टाचार बिरुद्धमा विप्लवको बिरोध प्रर्दशन


कञ्चनपुर : देशका व्यप्त भ्रष्टाचार, मङगी, ढिलासुस्ती, सरकारी निकायको लाचारपन बिरुद्धमा नेकपा विप्लवले देशैभरी बिरोध प्रर्दशन गर्न लागेको छ । आज शुक्रबार कञ्चनपुर सहित देशैभरी बिरोध प्रर्दशन गर्न लागेको हो । नेकपा विप्लवले सरकारी निकाय भ्रष्टाचारमा डुबेपछि जनता मारमा परेको भन्दै समेत गराउने र भ्रष्टाचार, मङगी नियन्त्रणमा दवाव दिन प्रर्दशन गर्न लागेको जनाएको छ ।

नेकपा कञ्चनपुरले समेत महेन्द्रनगरमा बिरोध प्रर्दशन गर्ने भएको छ । नेकपा विप्लव कञ्चनपुरका नरेन्द्र सिले जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गरिने बताए । उनका अनुसार दिउँसोतिर महेन्द्रनर जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गर्दै कोण सभा गरेर समापन गरिने छ । महङगी, भ्रष्टाचार बिरुद्धको नेकपाको आन्दोलनमा सहभागिताका लागि नेकपा कञ्चनपुरले आम राष्ट्रप्रेमी जनप्रेमी महानुभावलाई आब्हान गरेको छ ।


ताजा समाचार

spot_img