सुदूरपश्चिम बिपाश्यना साधना केन्द्रलाई रोक लगाउन भनि चेतावनि स्वरुप कालो व्यानर


कञ्चनपुर : विपाश्यना धार्मिक केन्द्रमा नेकपा बहुमतको सहायक संगठन युवा जनस्वमसेवक नेपाल कञ्चनपुरले भिमदत्त नगरपालिकाको चुरे क्षेत्रमा निर्माण भईरहेको सुदूरपश्चिम बिपाश्यना साधना केन्द्रलाई रोक लगाउन भनि चेतावनि स्वरुप कालो व्यानर लगाएको छ ।

व्यानरमा उल्लेखित वुदाहरु यस प्रकार छन :- निर्माणाधिन अवस्थमा रहेको सुदूरपश्चिम बिपाश्यना साधना केन्द्र लाई कार्य रोक्न चेतावनि किन ?

– धर्म निरपेक्ष राष्टमा कुनै विशेष धर्म प्रचारकका रुपमा राज्यको अकुत सम्पति धर्मको नाममा चरम दुरुपयोग हुने भएकाले । अनावश्यक बन नष्ट गरि काठ तस्कर, चुरे दोहन र चुरे क्षेत्र मा रहेको युरेनियम संकलन गर्ने भएकाले।

– जिल्ला बनको नियम विपरित संरचना बनेकाले (स्थानियहरुको विरोध का बावजुत पनि निर्माण कार्य गरेकाले । सोहि       निर्माणाधिन केन्द्रमा कालो व्यानर सहित अबैध संरचना तत्काल बन्द गर।

-चुरे बन अतिक्रमित बन्द गर। राज्यको अकुत सम्पति दुरुपयोग गर्न पाईदैन भु माफियाहरु खवरदार।

  • दलाल संसदिय सत्ता मुर्दावाद । एकिकृत जनयुद्व जिन्दावाद , युवा जनस्वयमसेवक नेपाल जिन्दावाद, नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद जस्ता नारावाजि गरेका छन ।

ताजा समाचार

spot_img