कञ्चनपुर : सुदुरपश्चिमको कला सस्कृतीका क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कलौनीलाई मंगलबार एक कार्यक्रमका बीच सम्मानित भएका छन । श्री घटाल माध्यमिक विद्यालय सुडाको ४२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर कलौनीलाई वेदकोट नगरपालिकाका नगर उप–प्रमुख तुलसी जोशीले कदर पत्र सहित सम्मान गरेका हुन् ।

बिगत लामो समय देखि सुदुरपश्चिम प्रदेशका मुख्य चिनारी फाग , छलिया , सगुन , डेउडा गीत लगायत क्षेत्रमा कार्य गर्दै आई रहेका छन् । पछिल्लो समय निक्कै चर्चामा रहेको बैतडी कि बसन्ती , दैजी सुवा , का छै मेरि पृयसी , मेरा बाबा , गाडी गुडि स्वराड लगायत विभिन्न गीत निर्माण गरि बजारमा ल्याएका छन ।युटुय्ब च्यानल सुदुर खबर वान मार्फत गीत संगीत बजार पस्किदै आएका कलौनी समाज सेवामा पनि रुचि राख्छन् ।

समाज सेवा सँगै साहित्य र कला क्षेत्रमा रुची राख्ने कलौनीले अझै निकट भविष्यमा यस्ता कार्यलाई निरन्तरता दिने र पुराना सस्कृती लाई बचाउन लागि रहेने बताए । आज यसरी सम्मानित हुदाँ यस प्रकारको सम्मानले थप हौसला र उर्जा प्राप्त भएको कलौनिले बताए । साथै कलौनी उक्त विद्यलयका पूर्व बवद्यार्थी समेत रहेका छन ।







