कञ्चनपुर : पुर्व अखिल क्रान्तिकारीका नेता शरद अवस्थी(लोकेश)को स्मृतिमा दिप प्रज्वलन गरिएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटिले सोमबार साँझ पुर्व अखिल क्रान्तिकारी नेता शरद अवस्थी(लोकेश)को स्मृतिमा दिप प्रज्वलन गरेको हो ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटिका अध्यक्ष हेमराज अवस्थीले २८औँ जनयुद्ध दिवस तथा तत्तकालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्यनकै क्रममा जनयुद्धमा सहभागि भई बटालियन कमाण्डर भएका बेला सहित भएका सरदको स्मृतिमा शरद स्मृति पार्कमा दिप प्रज्वलन गरिएको बताए । क्रान्तिकारीले पुर्व क्रान्तिकारी नेता सरदकै त्याग बलिदानको उच्च कदर गरेका छन ।







