फेडो कञ्चनपुरद्वारा २ दिने जातीय तथा लैङ्गिक विभेद सम्बन्धी तालीम समपन्न


खडक बहादुर कोली / कञ्चनपुर : फेडो कञ्चनपुरको ‘समग्र विकासको अबरोध जातीय तथा लैङ्गिक विभेद’ नै भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा न्यूनीकरणका लागि महिला र पुरुषको समान सहभागीता सम्बन्धी २ दिन तालीम समापन भएको छ । महिलालाई मात्र कार्यक्रममा सहभागि गराउनाले महिला हिंसा न्यूनिकरण नुहुने हुनाले महिला र पुरुष दुई जोडीलाई सँगै राखी प्रशिक्षण दिइएको फेडो अध्यक्ष लक्ष्मी बि.क.ले बताएकिछन् ।

महिलाहरुलाई मात्र तालिम हिंसा न्यूनिकरण नुहुने हुदाँ विभिन्न वडाका १३ वटा समूहका श्रीमान श्रीमतिको जोडीलाई एक साथ तालीम दिइएको जसले गर्दा लैङ्गिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुषको समान सहभागिता गराएको संयोजक नर ब. आउजीले जानकारी दिनु भयो । माघ २७ र २८ गते दुई दिन लैङ्गिक हिंसा न्यूनिकरणका लागि महिला र पुरष दुवैको सहभागितामा कार्यक्रम सञ्चालन भएको हो । महिला र पुरुष समान हुनु पर्ने र जातीय तथा लैङ्गिक विभेद हटाउनको लागि कार्यक्रममा महीला र पुरुष दुवैलाई सहभागीता गराएको अध्यक्ष वि.क.ले बताएकी छन् ।

महिला र पुरुष दुवैलाई जनचेतना जगाउन सके व्यक्ति घर, परिवार र समाज परिवर्तन गर्न सकीने र महिला पुरुष सबै समान हुन भन्ने भावना जगाउन मद्दत गर्ने सहभागीहरुले बताएका छन् । साथै आफुले सिकेको जातीय तथा लैङ्गिक विभेद सम्बन्धी ज्ञानलाई आफूले समाजमा लागु गर्ने र अरुलाई पनि यस बारेमा जानकारी दिने कार्यक्रममा सहभागीअरुले बताए ।
कार्यक्रममाको समापतित्व दलित महिला संघकी अध्यक्ष लक्ष्मी वि.क.ले गर्नू भएको थियो भने दलित महिला संघ डोटीकी उपाध्यक्ष मीना आउजील प्रशिक्षण दिएकी थिइन । कार्यक्रम सञ्चालन लक्ष्मी ताम्रकारले गर्नु भएको थियो ।


ताजा समाचार

spot_img