कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलको १४औँ बार्षिकोत्सव एव अभिभावक दिवस सम्पन्न भएको हो ।

बार्षिकोत्सवमा युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलका प्रिन्सिपल राजेन्द्र सिह साउदले विद्यालयको प्रगति प्रतिवेदन पं्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, विभिन्न प्रतियोगिता, विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिशचन्द्र भट्टको अध्यक्षमामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डिन प्राडा भवानी चन्द(ठकुरी) रहेका थिए । भने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा बिशिष्ठ अथिति रहेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थीको् सहभागिता रहेको थियो ।







