गौरक्षाका लागि ‘शिव पार्वती शोभायात्रा’


कञ्चनपुर : विश्व हिन्दु गौरक्षा जागरण अभियानले मानसखण्ड गौभक्त धार्मिक जागरण यात्रा ०७९ अन्र्तरगत शिवरात्रीमा ‘शिव पार्वती शोभायात्रा’ गर्ने भएको छ । विश्व हिन्दु गौरक्षा जागरण अभियानले यस अघि नै थालेको मानसखण्ड गौभक्त धार्मिक जागरण यात्रा ०७९ अन्र्तरगत शिवरात्रीमा ‘शिव पार्वती शोभायात्रा’ गर्ने भएको हो । विश्व हिन्दु गौरक्षा जागरण अभियानका केन्द्रीय संयोजक चक्र्रदेव जोशी(सल्याल)ले गाईमाताको रक्षाका लागि ‘शिव पार्वती शोभायात्रा’ गरिने बताए । उनका अनुसार शिवरात्रीका दिन महेन्द्रनगरमा ‘शिव पार्वती शोभायात्रा’ निकाल्दै शिव मन्दिरमा धार्मिक कार्यक्रम गर्ने बताए ।
संयोजक जोशीले यस अघि छाडिएका पशु चौपाया गाईको व्यवस्थापनका लागि १९ बुँदे सुझाव दिएपनि पालिकाले वेवास्ता गरेको बताए । ‘हाम्रो अभियान नेपालको राष्ट्रिय जनावर गाईमाताको संरक्षण गर्नुपनि हो, ‘उनले भने, ‘जस अनुरुप हामी लागि परेका छौँ ।’ विश्व हिन्दु गौरक्षा जागरण अभियानका प्रंचारप्रसार समिति संयोजक भागरथी विष्टले गाईको बेहाल भएको भन्दै सबैले आ–आफ्नो ठाँउबाट गाईको रक्षा गर्नुपर्ने बताए । हिन्दुवादी नेता कृष्णानन्द भट्टले गाई व्यवस्थापनका नाममा पालिका सरकारले करोडौँ खर्च गरिसहेको बताए । उनले यो गाईको नाम देखाएर कमाउने धन्दाबाट जनता सचेत गराउनुपर्ने बताए ।


ताजा समाचार

spot_img