बेदकोटकाे आयोजनामा शुक्रबारदेखी १३ औँ राष्ट्रपति रनिङ्गशिल्ड एवं तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । बेदकोट नगरपालिकाको आयोजनामा शुक्रबारदेखी १३ औँ राष्ट्रपति रनिङ्गशिल्ड एवं तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन भएको हो । प्रदेश सभा सदस्य बहादुर सिह थापाले एक कार्यक्रमका विच राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले राष्ट्र चिनाउने बताए ।

उक्त कार्यक्रमका सभापति तथा बेदकोट नगरका प्रमुख भोजराज बोहराले नगरपालिकाबाट जिल्ला प्रदेश हुँदै केन्द्रसम्म प्रतियोगितामा सहभागि हुन समेत आह्वान गरेका छन ।  बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगितामा १७ विद्यालयको सहभागिता रहेको बताए ।

राकेस बहादुर चन्दले सञ्चालन गरेको  उक्त कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख तुलसी जोशीले गर्नु भएको थियो भने कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य, शिक्षा प्रेमी , राजनीतिक दलका प्रतिनिधि , बजार व्यवस्थापन समितिका प्रतिनिधि लगायत नगर भित्रका विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो। उक्त प्रतियोगिता २९ माघसम्म सञ्चालन हुनेछ ।

ताजा समाचार

This will close in 10 seconds