आजदेखि बेलौरी महोत्सव शुरु


कञ्चनपुर : आजदेखि बेलौरी महोत्सव संचालन हुन लागेको छ । ‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धिको बेलौरी आधार’ भन्ने मुल नाराका साथ बेलौरी खुलामञ्चमा महोत्सव हुन लागेको हो ।
बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला हुन लागेको हो । बेलौरी बजारको ५०औँ स्वर्णको अवसमाज आयोजित महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको खुला मञ्चमा हुने महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले महोत्सवको तयारी पुरा भईसकेको बताए । अध्यक्ष साउदले आज दिउँसो महोत्सवको औपचारिक उद्घाटन गरिने भएको छ । अध्यक्ष साउदले यस दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए । यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो । कोरोना महामारीदेखि अन्य विवित कारणले मेला महोत्सव संचालन हुन सकेको थिएन । यस पटक दोस्रो बेलौरी महोत्सव संचालन गर्ने लागेको अध्यक्ष साउदले बताए । ‘बेलौरी बजार स्थापना भएको ५० औँ स्वर्ण अवसरमा समेत हामीले मेला संचालन गर्न खोजेका छौँ, ‘उनले भने,‘एकातिर बजारको स्वर्ण अवसर, अर्कारित क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ ।’
बेलौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एव अथिति सत्कार समितिका संयोजक लक्ष्मी नारायण चौधरीले बजारको स्वर्ण अवसर सहितमा संचालन हुने दोस्रो मेला पृथक हुने बताए । उनले पहिलो मेला भन्दा उत्कृष्ठ बनाउने बताए । उनले टुर प्याकेज समेत बनाईने बताए । मेलाबाट यस क्षेत्रका सबै समुदायको कला, संस्कृतिका साथै कृषि, पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताए । बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव साँस्कृतिक संयोजक यज्ञ कडेलले यस पटक पृथकशैलीमा महोत्सव संचालन हुने बताए । ‘यो पटक हामी नितान्त फरकशैलीमा महोत्सव गर्न लागेका छौँ, ‘उनले भने, ‘विगतबाट पुप्रै पाठ सिकेर अहिले केही नयाँपन दिन्छौँ ।’ महोत्सव प्रंचारप्रसार समितिका संयोजक खडक शाहले स्थानीय स्तरमा प्रचारप्रसार भएको बताए । विभिन्न माध्यमबाट प्रचारप्रसार भएको बताउँदै संयोजक शाहले प्रंचार अनुरुप दर्शनार्थी बृद्धि हुने अपेक्षा राखे ।
स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहना अनुरुप राष्ट्रिय कलाकार समेत आमन्त्रण गरिएको छ । महोत्सवमा झण्डै एकसय स्टल हुने छन । मेला अवलोकनका लागि टिकटमा समेत विशेष सहुलियत हुने आयोजकले जनाएको छ । ८ फागुनसम्म संचालन हुने मेलामा लाखौँ दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा करोडौँको कारोबार हुने दावि गरिएको छ । तीन बर्षपछि बेलौरीमा बृहद महोत्सव हुन थालेपछि स्थानीय सर्वसाधारणलाई समेतलाई मेला अवलोकन एव किनमेल तथा मनोरन्जन र व्यवसायीलाई आफ्नो उत्पादित बस्तु तथा सेवा प्रर्बद्धनमा टेवा पुग्ने छ ।


ताजा समाचार

spot_img