भोजराज पन्त/ कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ ।
वेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि. ले वेदकोट नगरपालिकामा हुने राष्ट्रपति रनिङसिल्डमा प्रतियोगिताको लागि उदयदेव माध्यमिक विद्यालयका खेलमा सहभागी विद्यार्थीका लागी २५ वटा खेल पोशाक विद्यालयका प्रधानाध्यापक महेश्वर दत्त भट्ट र खेल शिक्षक राजेन्द्र विष्टलाई संयुक्त रुपमा सहकारीका अध्यक्ष शिवराज भट्टले हस्तान्तरण गर्नु भएको हो ।
त्यसै गरी वेदकोट नगरपालीका वडा नं. ९ का अध्यक्ष जनक सिंह विष्टले १० वटा खेल पोसाक र कार्यपालिका सदस्य पार्वती देवी विष्टले ५ र विद्यालय व्यवस्थापन अध्यक्ष भरत रोकायाले १० वटा पोशाक विद्यायलयक प्रधानाध्यापक भट्टलाई हस्तान्तरण गरेका छन । जर्सी दिईसहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाइ विद्यालयका उदय देव माध्यमिक प्रधानाध्यापक महेश्वर दत्त भट्टले धन्यवाद दिनु भयो ।






