अटोबाट घाईते बालकको उपचारका लागि आर्थिक सहयोग संकलन


कञ्चनपुर : बेदकोट नगरपालिका ९सुन्दरपुरका स्थानीय अम्मर बहादुर कुँवरले चलाएको म१ह६६३नम्बरको अटोबाट घाईते कञ्चनपुरका एक बालकको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको छ । गत १५ पुषमा सुन्दरपुरका स्थानीय कुँवरले चलाएको अटोबाट भीमदत्त नगरपालिका २भाँसीका ५ बर्षिया बालक विजय चौधरीको उपचारका लागि गाँउमै आर्थिक सहयोग संकलन गरिएको हो ।
अटो चालक कुँवर र घाईते बालक चौधरीको घर परिवार आर्थिक रुपमा विपन्न भएकाले घाईतेको उपचारका लागि लालपुर बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष एव समाजसेवी भान बहादुर विष्टको नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको छ । घाईते बालकको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । अटो चालक कुँवरसंग आर्थिक अभाव भएपछि आत्महत्याको मोडमा पुगेका उनलाई लालपुर बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष एव समाजसेवी भान बहादुर विष्टले ढाँडस दिएका थिए । ‘म मेरो परिवारको जिविकोपार्जनका लागि अटो चलाउँदै आएको थिए, ‘उनले भने, ‘दुभाग्र्यबस बालक टोकियो, मसंग पैशा थिएन, त्यही भएर मर्ने योजना बनाएर घर परिवारदेखि स्थानीय समेत रहेका भान बहादुर विष्टले सहयोग गर्ने आँट दिएपछि मर्न गएको मान्छे बाँचेको हुँ ।’ अहिले भान बहादुर महरा नेतृत्वमा गाँउमै २लाख, ६ हजार रकम संकलन गरिएको छ । संकलन गरिएको रकम घाईते बालकको उपचारमा खर्च गरिने छ ।


ताजा समाचार

spot_img