कञ्चनपुर : नेपाल दशनामी कञ्चनपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कञ्चनपुर जिल्ला दशनामी समाजका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको जिल्ला भेलामा नेपाल दशनामी समाजका केन्द्रिय सदस्यतथा सुदूरपश्चिम प्रदेशका सभासद मधु भारती प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा नेपाल हिन्दु स्वयम संघका धर्म जागरण प्रमुख देवी भारती, सुदूरपश्चिम प्रदेश स्तरका तारा गिरी, गौरीशंकर गिरी लगायतका व्यक्तिहरु रहेका थिए ।

उक्त जिल्ला अधिवेशनमा संस्थाको प्रगती विवरण र आर्थिक विवरण प्रस्तुतका साथै दशनामी समाजका उद्देश्यका साथै आगामी हुने प्रदेश स्तरिय अधिवेशन र केन्द्रिय अधिवेशन सम्बन्धमा छलफल गरिएको कार्यक्रमको संचालन दशरथ भारतीले गरेका थिए । जिल्ला अधिवेशनको दोस्रो सत्रमा बृहत छलफल पश्चात २१ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत गठन भइ अधिवेशन सम्पन्न भएको छ ।

मीनराज गिरीको अध्यक्षतामा उपाध्यक्ष यज्ञराज भारती महिला उपाध्यक्ष मन्जु गिरी र सचिव दशरथ भारती, कोषाध्यक्षमा किरण गिरी, सह सचिवमा ममता भारती र क्रमश सदस्यहरुमा हरिभक्त गिरी, काँशी गिरी, भीम राजवन, शुरेश गिरी, प्रमानन्द भारती, गान्दी प्रसाद गिरी, दानी गिरी, हर्कराज गिरी, कमला गिरी, विना गिरी, पुजा गिरी, आशा गिरी, शिब भक्तवन, लक्ष्मण गिरी, डम्बर गिरी र कैलाश गिरी समिति गठन भएको छ । निवर्तमान जिल्ला अध्यक्ष कृष्ण गिरी संयोजक रहेको केन्द्रिय सदस्य मधु भारती, मदन राजगिरी देवी भारती, कमला गिरी सल्लाहकार समिति समेत गठन गरेको छ ।







