सबै असमान सन्धिहरु खारेज हुनुपर्छ : भरत सि

कञ्चनपुर : जनपत्रकार संगठन कैलाली जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा स्थायी समिति सदस्य भरत सी ले परिवर्तनलाई आवश्यक ठान्ने हो भने नेपालमा नेकपा बाहेक अरु पार्टी नरहेको बताए । संकट ग्रस्त बनेको नेपालको राजनीतिक व्यवस्था प्रेम प्रसाद आचार्यको आत्मदाहमा व्यक्त भएको उनले बताए । भ्रष्टाचारको माध्यम बाट, बैंक तथा वित्तीय हरुले ऋण को माध्यमबाट जनतालाई अनावस्यक दुःख दिने काम गरेको यसको समाधान सरकारले खोजेन भने जनता विद्रोहमा आउने वाला भएका छन् त्यसको नेतृत्व पार्टीले गर्दछ , नेता भरत सिले बताए । कुनै बेला जनताको आवश्यकतामा स्थापित भएका बैंकहरु वित्तीय संस्थाहरु अहिले जनताको पीडकको रुपमा रहेका छन् र यो सत्ताको अर्थतन्त्रको संकट त्यहाँ प्रकट भएको समेत उनले बताए ।

आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बिप्लब नेतृत्वको नेकपाका स्थायी समिति भरत सी ले भने , “ जनता बाट टाढिने नेपालको जुन प्रवृत्ति रहेको छ त्यसलाई हामीले ब्रेक गर्नु पर्छ र सधै जनता संग जनतासँगै रहने नीति हाम्रो पार्टीले अगाडि सारेको छ र हामी रहन्छौ ।” राष्ट्रियताको संकट दिन प्रतिदिन बढ्दो छ , भारतले दार्चुला लगायत विभिन्न ठाउँमा सिमानामा अनावस्यक जनतालाई दुःख दिँदै छ अमेरिकी प्रतिनिधि भिक्टोरिया नुल्याण्डले भर्खरै नेपाल भ्रमणमा एमसीसी लाई लागू गर्ने दबाब सहित फर्केकी छन् । देशमा अमेरिकी र भारतीय हस्तक्षेप यसरी चरम रुपमा बढेको र सरकार लाचार भएको उनको भनाइ थियो । राज्यका यी तमाम संकट र समस्याको समाधानका लागि नेकपाले फरक ढंगले राजनीतिक अभ्यास गरिरहेको नेता भरतले बताए ।

पार्टीका आफ्ना नीति, विचार हुन्छन् सिद्धान्त हुन्छन् तर नेपालमा सत्ताको गठबन्धनको एउटा खेल सुरु भएको छ र यसले पनि जनतन्त्र फेल हुँदै गएको छ । केही नयाँ गर्छु भनेर आएकाहरु पनि कांग्रेस र एमाले लाई नै पछार्ने गरी कुर्सीको खेलमा डुबेका समेत उनले बताए । पार्टीले सामूहिक स्वामित्वलाई दृढताका साथ लागू गरेर लैजाने योजना समेत पार्टीले अगाडि सारेको उनले बताए ।

“नेपाल कम्युनिस्ट पार्टी सुख र दुःख मा जनताको साथी भन्ने मूल नाराका साथ नेकपा अगाडि बढेको छ र हाम्रो पार्टीले जनताका जनजीविका र जनतन्त्र सँग जोडिएका सबै सवालमा केन्द्रित रहेर काम गर्ने र जनतालाई नयाँ तरिकाले संगठित गरी यो वर्तमान संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि मुख्य भूमिका खेल्ने योजना सहित अगाडि बढेको छ , नेता भरत सिले भने ।

तपाईहरु मूलधार नभएर किन विद्रोही भएको पत्रकारको प्रश्नमा नेता भरतले भने , “ अहिलेको सत्ताको मूलधार भनेको शासक को मूलधार हो पूँजीवादको मूलधार हो त्यसैले हामी त्यो मूलधारमा छैन तर मुख्य विद्रोही नै अन्तिममा सत्ताको मूलधार हुन्छ हामी जनताको मूलधारमा सधै छौं ।” बाहिरी हस्तक्षेपको विरुद्धमा नेकपा कसरी अगाडि बढ्छ भन्ने पत्रकारको अर्को प्रश्नमा नेकपा नेताले भने विगतका सबै असमान सन्धि सम्झौताहरु खारेज हुनुपर्छ र नेपाल नवऔपनिवेशिक संकटबाट मुक्त हुनुपर्छ र पञ्चशीलको सिद्धान्तमा , नयाँ सचेतता र विश्व परिवेश अनुरुपका नयाँ सन्धि सम्झौताहरु हुनुपर्ने अहिलेको आवश्यकता हो ।

ताजा समाचार