प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बृहत निशुल्क स्वास्थ्य शिविर सुरु

दोधारा । दोधारा चाँदनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ् । दोधारा चाँदनी नगरबासीको स्वास्थ्यमा ख्याल राख्दै प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको दोधारा चाँदनी– ५का वडाध्यक्ष, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले जनाएका छन् । शिविरको आजको पहिलो दिन झण्डै ५ सय भन्दा बढी स्थानियहरुले निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा २ दिने बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

एक कार्यक्रमको बिच आज दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविरको समउद्धघाटन गरिएको छ् । नगरप्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतको सभापतित्वमा संचालन भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य बेल बहादुर राना, वडाध्यक्ष हरिसिंह धनाडी, भक्त बहादुर सुनार, केशव खत्री, दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महरा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्त्री रोग बिशेषज्ञ डा. बिनोद महासेठ, पिजिसियन डा. निजु निरौला, बालरोग बिशेषज्ञ डा. मुरलीमनोहर गुप्ता, नाक, कान रोग बिशेषज्ञ डा. कुमार श्रेष्ठ, हाडजोर्नी बिशेषज्ञ डा. शुशिल योगी, जरनल सर्जन डा. दिवस थापा, दाँत रोग बिशेषज्ञ डा. नविन मण्डल, मानसिक रोग बिशेषज्ञ डा. सरोज उप्रती, रेडियोलोजी त्रिजित बराई, छाला रोग बिशेषज्ञ डा. सविन कडेंल, मेडिकल अफिसर आयुष बिष्ट लगाएत प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य टोली र स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

निशुल्क बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा स्थानीयहरुको ओइरो लागेको हो । सबै सेवा एकै ठाँउबाट उपलब्ध हुने भएपछि यस्तो घुईचो लागेको बताईएको छ् । स्वास्थ्य समस्याको कारण टाढा तथा महंगा अस्पतालमा गएर खर्चिलो उपचार गर्नलाई रोक्न शिविरको संचालन गरिएको बक्ताहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आर्थिक कठिनाई भएर महंगा अस्पतालमा जान नसकेका गरिब तथा बिपन्न परिवारको लागी स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले शिविरको आयोजना गरेको बताएका छन् । शिविरले नगरबासीको स्वास्थ्य शिविरको लाभ लिनेमा आफु बिश्वस्त रहेको मेयर लिम्बुले बताएका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा सदस्य बेल बहादुर रानाले बिगतका दिनहरु भन्दा पाथमिक स्वास्थ्य केन्द्र दोधाराले स्वास्थ्य सेवामा निकै फड्को मारेको बताउदै स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन प्रदेश सरकारबाट हुनसक्ने सहयोगको लागी आफु तयार रहेको प्रदेश सभा सदस्य रानाले बताएका छन् । स्वास्थ्य केन्द्र दोधाराको स्वास्थ्य सेवामा वडाध्यक्ष ओम बस्नेत गर्दै आएको पहलको बक्ताहरुले प्रशंसा गरेका छन् । महाकाली नदीको पारि दोधारा चाँदनीमा आएर मानविय सेवाका कार्यहरु गर्न पाउदा आफुलाई खुशी लागेको प्राबिधिकहरुले बताएका छन् । शिविर भोली सम्म संचालन हुने आयोजक दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा समाचार

This will close in 10 seconds