माओवादी नेता लम्सालले प्रधानमन्त्री प्रचण्डलाई कञ्चनपुरका दर्जनौँ विषयमा ध्यानाकर्षण गराए

कञ्चनपुर: नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र लम्सालले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई कञ्चनपुरका दर्जनौँ विषयमा ध्यानाकर्षण गराएका छन । माओवादी पोल्टिब्यूरो सदस्य समेत रहेका नेता लम्सालले शुक्रबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा प्रचण्डलाई भेटेर कञ्चनपुरका दर्जनौँ विषयमा ध्यानाकर्षण गराएका हुन । पुनर्वास नगर(कञ्चनपुर)का स्थानीय समेत रहेका नेता लम्सालले जिल्लाको समस्या, विद्यमान समस्या बारे प्रधानमन्त्री प्रचण्ड सहित उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको ध्यानाकर्षण गराउँदै उक्त समस्यामा केन्द्रीत हुन अनुरोध गरेका छन ।
नेता लम्सालले आरक्षपीडितको पुर्नस्थापना, मुक्त हलिया, कमैया, कम्लहरीका समस्या समाधान, ठुला आयोजना जस्तै हुलाकी सडक, महाकाली पुल, महाकाली तेस्रो चरण, सुख्खाबन्दरगाह, दैजी औद्योगिक क्षेत्र विस्तार, बेलौरी कलुवापुर सडकखण्ड अन्र्तरगत कालागौडीदेखि चान्देवसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोध, महाकाली करिडोर, दैजी जोगबुढा सडक विस्तार, भारतीय पक्षबाट अतिक्रमणको चपेटामा रहेको प्याराताल सहित सीमा समस्या, हुलाकी सडक अन्र्तरगत बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय अवरोध, बेलडाँडी, पुनर्वासमा कृषि क्याम्पस विस्तार, महेन्द्रनगर मझगाँउ विमानस्थल शुचारु, बेलौरी, पुनर्वास, महेन्द्रनगर र ब्रम्हेदब स्मार्ट सिटी विस्तार, बेलौरीमा भन्सार स्तरोन्नती, पुनर्वासमा छोटी भन्सार पुर्नस्थापना, महाकाली, दोदा नदीको कटानी नियन्त्रण, बेलडाँडीको झिलमिलामा जटिबुटी प्रशोधन केन्द्र विस्तार सहित विभिन्न समस्या समाधानका लागि स्थलगत अनुगमन गर्दै समस्या समाधान एव आयोजना अघि बढाउन ध्यानाकर्षण गराएका हुन ।
साथै किसानका विद्यमान समस्यादेखि कञ्चनपुरका सीमावर्ती कुतियाकबर, सुन्दरनगर सहितका विभिन्न गाँउबस्तीमा देखिएको समस्या समाधानका लागि सम्बन्धीत निकायबाट पहल कदमी आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउँदै सीमावर्ती कञ्चनपुरको दिगो विकास र सम्बृद्धिका लागि आब्हान गरेका छन । बषौँदेखि जनयुद्धका बेला तत्तकालिन सरकारले निकुञ्ज विस्तारका क्रममा विभिन्न स्थानबाट विस्थापित गराएका आरक्षपीडितको पुर्नस्थापनाका लागि स्वयम प्रधानमन्त्रीले नै उचित पहल कदमी अघि सानुपर्नेमा जोडदिए । जमिन भएका तर बषौँदेखि जमिनको मालिक बन्न नसकेका अव्यवस्थित बसोबासी, सुकुमबासी,दलित सुकुमबासी भूमिहिनको उचित व्यवस्थापन गर्नुपर्नेमा जोडदिएका छन । माओवादी नेता लम्सालले अघि सारेका विषय बारे प्रधानमन्त्री प्रचण्ड र प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री तथा सम्बन्धीत कार्यालयबाट उक्त समस्या समाधानका लागि सरकार गम्भिर भएर लाग्ने आश्वासन दिएका छन ।

ताजा समाचार

This will close in 10 seconds