कञ्चनपुर : अखिल नेपाल महिला संघ(समाजवादी) कञ्चनपुरले महेन्द्रनगर समाजकल्याण बाल अञ्चल अनाथालयमा बालिकामाथि बलात्कार गर्ने दोषिलाई सार्वजनिक गर्न माग अघि सारेको छ । नेकपा एकीकृत अखिल नेपाल महिला संघ(समाजवादी) कञ्चनपुरले शुक्रबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई ज्ञापन पत्र बुझाउँदै दोषिलाई सार्वजनिक गर्न माग अघि सारेको हो ।
अखिल नेपाल महिला संघ(समाजवादी)ले चार बुँदे माग अघि सार्दै घटनाका दोषिलाई सार्वजनिक गर्नुपर्ने, व्यवस्थापन समिति विघटन गर्नुपर्ने, दोषिलाई हदैसम्म कार्बाही, अनाथालयको जिम्मेबार प्रशासनले लिनुपर्नेमा जोडदार माग अघि सारेको छ । अखिल नेपाल महिला संघ(समाजवादी) कञ्चनपुरका अध्यक्ष विस्ना पन्त(भट्ट)ले हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा घटनामा आर्थिक चलखेल गरेर शसक्त आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
