युथ भ्वाईस कञ्चनपुरले भन्यो, ‘अनाथालयमा भएको बालिकामाथि
यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेरामा ल्याउनुपर्छ’

कञ्चनपुर : युवाहरुको आवाज(युथ भ्वाईस) कञ्चनपुरले महेन्द्रनगर बाल अनाथालयमा भएको बालिकामाथिको यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेराउमा ल्याउनुपर्ने माग अघि सारेको छ । शुक्रबार युथभ्वाईस महेन्द्रनगरले एक प्रेस विज्ञप्ती जारी गर्दै बाल अनाथालयमा भएको बालिकामाथिको यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेराउमा ल्याउनुपर्ने माग अघि सारेको हो ।

युथ भ्वाईसले अनालयमा भएका घटना दुखत भएको र उक्त घटनाबारे जिम्मेबार कर्मचारीबाट भएको र घटना समितिका पदाधिकारी एव केही महिला अधिकारकर्मीलाई जानकारी भएपनि उनीहरुले घटना लुकाएको आरोप छ । घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

ताजा समाचार

This will close in 10 seconds