महेन्द्रनगर अनाथालयमा भएको घटना दोषि हदैसम्म कार्बाही गर्नुपर्छ : समाजवादी


कञ्चनपुर : नेकपा एकीकृत समाजवादी कञ्चनपुरले महेन्द्रनगर बाल अनाथालयमा भएको घटनाका दोषिलाई हदैसम्मको कार्बाहीको माग अघि सारेको छ । समाजवादी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बाल अनाथालयमा भएको घटनाका दोषिलाई हदैसम्मको कार्बाहीको माग अघि सारेको हो ।

अनाथालयमा बस्दै आएका बालिकाहरुमाथि भएको यौन दुव्र्यवहार भएको घटना लज्जास्पद, अमानविय र घृणित कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनाथालय जस्तो सवेदनशिल सस्थामा बालबालिका माथि यौन दुव्र्यवहार हुनु अकल्पनीय मात्र नभई अनाथालय व्यवस्थापन समितिको समेत चरम लार्पबाही भएको समाजवादीको ठहर छ । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।


ताजा समाचार

spot_img