महेन्द्रनगर माविका शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

कञ्चनपुर:कञ्चनपुरको एक सामुदायिक विद्यालयमा शिक्षक आफैले विद्यालयमा तालाबन्दी गरेका छन । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर माध्यामिक विद्यालयका शिक्षक आफैले विद्यालयमा तालाबन्दी गरेका हुन । बुधबार शिक्षकहरुले तहगत शिक्षक दरबन्दी मिलानको माग अघि सारेर विद्यालयमा तालाबन्दी गरेका छन । विद्यालयका शिक्षक नवराज जोशीले तहगत दरबन्दी हुन नसकेपछि विद्यालयमा बाध्य भएर तालाबन्दी गरेको बताए ।

उनका अनुसार प्रअ चन्द्रकला पन्तको कार्यकक्षमा तालाबन्दी गरिएको छ । समान्यता विद्यालय विद्यार्थी, अभिभावक वा अन्य कुनै पक्षबाट तालाबन्दी भएपनि स्वयम शिक्षकबाटै तालाबन्दी गरेर आन्दोलनमा उत्रिनु कस्तो बाध्यता भएको भन्दै सरोकारवाला अचम्मित भएका छन । गुरुहरु नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएरपछि विद्यार्थी जिल्ल परेका छन । उक्त विद्यालयमा प्रअ नियुक्तीको विवाद पहिलेदेखि थियो ।

विद्यालयको तह भन्दा एक तह कम भएका शिक्षक प्रअ तह अनुरुप शिक्षक हुँदाहुँदै प्रअ नियुक्त नभएको विषय पहिल्यैदेखि उठिरहेकोपनि छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोहशी(बोक्सर)ले विद्यालयमा शिक्षकबाटै तालाबन्दी किन ? के कारणले गरिएको बारे उनीहरुको माग बारे बुझेर समस्याको समाधान निकालिने बताए ।

ताजा समाचार

This will close in 10 seconds