कञ्चनपुर : नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्ष चयनमा विवाद देखिएको छ । नेवि संघ केन्द्रीय समितिले रमेश चटौतलाई संघको जिल्ला अध्यक्षको जिम्मेबारी दिएपछि विवाद चुलिएको हो । बुधबार नेवि संघ आवद्ध विद्यार्थीहरुले उक्त निर्णयको विरोध गरेका हुन् । नेपाली काग्रेस कञ्चनपुले कुनै छलफल नै नगरी विद्यार्थी नेता चटौतको नाम सिफारीस गरेको भन्दै संघमा आवद्ध विद्यार्थीहरुले नेपाली काग्रेस पार्टीको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गर्दै २४ घण्टा अल्टिमेटम समेत दिएको छ । जसमा अध्यक्षको जिम्मेवारी बदरको लागि दवाव दिदै विद्यार्थीहरुले पार्टी कार्यालयको अगाडि टायर बालि बिरोध जनाएका छन् । नेवि संघका विद्यार्थी नेता कृष्ण पाण्डेयले ‘ विधी र प्रक्रिया विपरीत छलफल नै नगरी दिएको जिल्ला अध्यक्षको जिम्मेवारी फिर्ता नलिए यो भन्दा पनि कडा आन्दोलन गरिने छ, जसको जिम्मा पार्टीका नेतृत्व पक्षले लिनुपर्ने छ ।’







