कञ्चनपुर : नेकपा बहुमत कञ्चनपुरले महेन्द्रनगर बाल अनाथालयमा भएको यौनजन्य घटनाको छानबिन गर्न माग अघि सारेको छ ।

बहमुत कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।

बहुमत कञ्चनपुरका संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषिलाई उन्मुक्ति दिलाउने काम भए पार्टीले नै कार्बाही गर्ने चेतावनी दिईएको छ ।







