मित्र राष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा वृद्धआश्रममा फलफुल वितरण


कञ्चनपुर : मित्र राष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ जिल्ला शाखा कञ्चनपुरले वृद्धआश्रममा फलफुल वितरण गरेको छ ।
भारत सरकारले प्रत्येक वर्षको २६ जनवरीमा मनाइने गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघले पनि उक्त दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको छ । नेपालको सबै भन्दा नजिकको छिमेकी र खुल्ला सिमा रहेको एक मात्र मित्र राष्ट्र भारत नेपालको प्रजातन्त्र स्थापनको लागि पनि सहयोग गरेको थियो भने भारतमा गणतन्त्र ल्याउन नेपालीहरुले पनि सहयोग गरेका थिए । धार्मिक सांस्कृतीक हिसाबले पनि मिल्दो जुल्दो हुनको साथै नेपाली जनता भारत र भारतीय जनता नेपालमा बसोबास गर्दै आएका एक आपसमा वैवाहिक सम्बन्ध समेत कायम भएको जसले गर्दा एक आपसमा मित्रता प्रगाढ भएको जनाउदछ् । ‘एउटा स्वतन्त्र राष्ट्रले अर्को स्वतन्त्र राष्ट्रको खुशीयालीमा आफ्नो पनि सहभागीता जनाएको र दुवै देशको समबन्ध प्रगाढ बनाउन यस प्रकारको कार्यले मद्दत पु¥याउने जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए ।’
वेदेकोट नगरपालिका ८ स्थिीत वृद्धआश्रममा फलफुल वितरण गरेको थियो । सो अवसरमा नेपाल भारत मैत्री संघ का केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा संघमा सचिव तथा रामलीला समति कञ्चनपरका अध्यक्ष समरजङ्ग चन्द, नेपाली काँग्रेसका भीनपा १८ का सभापति राजेन्द्र केसी, हिन्दु स्वयं सेवक संघका राष्ट्रीय सह सचिव तथा नेपाल भारत मैत्री संघका जिल्ला कार्य समिति सदस्य हर्केश विष्ट लगायतको उपस्थिी रहेको थियो ।

 


ताजा समाचार

spot_img