कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले आफ्नो जन्मदिनको अवसर पारेर अपाङ्गता भएका बालबालिकालाई फलफुल गरेका छन । एमाले सचिव भट्टले जन्मदिनको अवसर पारेर बेलौरीका अपाङ्गता भएका बालबालिकालाई फलफुल गरेका हुन ।

बेलौरी नगरपालिका ६ विद्यानगर स्थित महाकाली माध्यामिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता(सुस्तमनस्थिति) भएका बालबालिकालाई फलफुल गरेर जन्मदिन मनाएका छन । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले आफ्नो जन्मदिनमा समाजिक कार्यका लागि अपाङ्गता भएका विद्यार्थीलाई फलफुल वितरण गरेसंगै बालबालिका खुसी भएका छन । जन्मदिनमा फजुल खर्च भन्दा यसरी समाजिक कार्य गरेको भन्दै एमाले नेता सचिवको प्रसंसा भईरहेको छ ।







